• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीमतीलाई अँगालोमा हालेको भन्दै शिक्षकको हत्या

  • वीरगंज संजाल
  • ८ पुष २०७९, शुक्रबार १४:४५
  • ५९२५

    वीरगंज । बैतडीको पाटनका शिक्षक धनबहादुर विष्टको, श्रीमतीलाई अँगालो हालेको देखेपछि हत्या भएको खुलेको छ। पुस २ गते बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माविको छात्रवासनजिकै रम्बासको झाँडीमा सोही विद्यालयका शिक्षक ५५ वर्षीय धनबहादुर विष्टको शव भेटिएको थियो। बैतडीको सुर्नया गाउँपालिका–२ घरभई पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टलाई सोही विद्यालयकी छात्रा र उनका श्रीमान्ले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका–३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययनरत २२ वर्षीया विमला बोहरा र उनका श्रीमान् २५ वर्षीय प्रजा बोहरा हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले दिएको जानकारीअनुसार पुस १ गते कृष्ण माविका शिक्षकहरूको पिकनिक थियो। एकजना नयाँ शिक्षकको नियुक्तिको खुसियालीमा उनीहरू विद्युत् पोखरी आसपासमा पिकनिक गएका थिए।

    सो पिकनिकमा मृतक विष्ट पनि थिए। शिक्षक विष्टको घर सुर्नया गाउँपालिकामा भएकाले उनी विद्यालयको छात्रवासको दोस्रो तल्लाको सरकारी आवासमा बस्दै आएका थिए। हत्यामा संलग्न रहेको आरोप लागेकी विमला बोहरा छात्रवासमा बस्दै आएकी थिइन्। पिकनिक खाएर शिक्षक विष्ट ५ बजे आवासमा पुगिसकेका थिए। त्यही दिन विमलाका श्रीमान् प्रजा बोहरा छात्रवासमा आएर बसेका थिए। उनी बैतडीकै पुर्चौंडी नगरपालिकामा अहेब पदमा कार्यरत छन्। ‘रातिको साढे ९ बजेको समयमा विमला शौचालय जाने भन्दै कोठा बाहिर आइन्। विमलाले धेरै बेरसम्म कोठामा नफर्केपछि श्रीमान् प्रजा बोहरा उनलाई खोज्न बाहिर निस्के। कोठाकै बाहिर तिरको सिँढीमा उनले शिक्षक बोहराले आफ्नो श्रीमतीलाई अँगालमोमा हालेको देखेपछि घटना भएको हो’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले भने। ‘बोहराले पहिला मुक्का र त्यसपछि कडा वस्तुले हानेर शिक्षक विष्टको हत्या गरे। त्यसपछि दुवै जनाले बोकेर उनलाई नजिकैको रम्बास (जुटजस्तै डोरी बनाउने बिरुवा)को झाँडीमा फाले, दुवै जनाबीच कसैले सोधेमा, प्रजा बोहरा एक दिनपछि मात्रै छात्रवासमा आएको भनी बताउने सहमति भएर घटना लुकाउने सहमति भयो’, अभियुक्तहरूले दिएको प्रारम्भिक बयान उदृध गर्दै प्रहरी निरीक्षक खत्रीले भने।

    पुस ३ गते पक्राउ परेकी बिमलाले बिहीबार मात्रै घटना सकारेकी हुन्। ‘हामीले पक्राउ गर्दै सोधपुछ गर्दै छोडिरहेका थियौं, २०÷३० जनासँग सोधपुछ भइसेकेको थियो, तर अन्तमा उनले आफैंले स्वीकार गरेकी छिन्’, प्रहरी निरीक्षक खत्रीले भने। प्रहरीले विमला र शिक्षको त्यो दिनको भेट पहिलो थियो, वा उनीहरूबीचमा यसअघिदेखि नै कुनै सम्बन्ध थियो भन्ने कुराको अनुसन्धान भइरहेको जनाएको छ। अभियुक्त दुवैले हत्या गरेको स्वीकार गरेको र अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अभियुक्त दम्पतीमाथि मुलुकी अपराध संहिता २०७४ को परिक्षेद १२ दफा १७७ बमोजिम ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिक्षक बिष्टका आफन्त र विद्यार्थीहरूले हत्या भएको भन्दै दिनैपिच्छे आन्दोलन गरिरहेका थिए। शिक्षक संघसंगठन र विद्यार्थीहरूले राजमार्ग अबरुद्ध पार्नुका साथै विद्यालयसमेत बन्द रहेका थिए। अभियुक्त सार्वजनिक गरिएसँगै आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् भने विद्यालय पनि सुचारु भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑