• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन

  • वीरगंज संजाल
  • ८ पुष २०७९, शुक्रबार १४:०९
  • १७२९

    वीरगंज । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो । चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर व्यावसायीको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले पटक पटक आन्दोलन गर्दै आएको थियो । आन्दोलनकै क्रममा केही दिन व्यावसायीहरुले ढुवानी बन्द गरेका थिए। जसका कारण केही दिन पदार्थको ढुवानी सेवा प्रभावित भएको थियो । आयल निगमले अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको बताएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८ देखि १० प्रतिशतले वृद्धि भएको छ । भाडा वृद्धि नियमित प्रक्रिया भएको उहाँले बताउनुभयो । उपाध्यायले भन्नुभयो, ‘गत चार वर्षदेखि उही भाडादरमा व्यावसायीहरुले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका थिए ।

    अहिले भाडादर केही बढाउनुपर्ने माग पनि थियो । यही आधारमा नियमित प्रक्रिया अनुसार नै भाडामा वृद्धि भएको हो । ’ बजारमा धेरै वस्तुहरुको लागत बढेको र मेसिनरी पाटपुर्जाको पनि लागत बढेकाले मूल्यवृद्धि समायोजन नियमित प्रक्रिया नै भएको उहाँको भनाइ छ । ट्याङ्करको भाडा बढाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव उर्मिला केसीको संयोजकत्वमा समिति गठन भएको थियो । जसमा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियर विभाग प्रमुख, यातायात व्यवस्था विभागका इन्जिनियर र निगमका कर्मचारीसहितको टोलीले अध्ययन गरेको थियो । समितिले तयार पारेको उक्त प्रतिवेदन पुल्चोक इन्जिनियरिङ संस्थानमा पठाइएको थियो । त्यहाँबाट विज्ञ टोलीको समुहले अध्ययन गरेर परामर्श दिएपछि मात्र भाडादर बढेको हो । ढुवानीको भाडादर वृद्धि हुँदा मात्र निगमलाई मासिक साढे तीन करोड रुपियाँ खर्च बढ्ने उहाँ बताउनुहुन्छ ।

    अब निगमलाई वार्षिक ४६ करोड खर्च बढ्ने देखिएको छ । ‘व्यवसायीले ४० प्रतिशतसम्म बढाउनुपर्छ भन्ने माग गरेका थिए तर आयल निगमले मात्र बढाएको होइन,’उहाँले भन्नुभयो ‘पुल्चोक इन्जिनियरिङ् कलेजले दिएको परामर्शको आधारमा ८ देखि १० प्रतिशतले भाडा समायोजन गरेको हो । ’यता नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष विश्व अर्याल भने भाडा वृद्धि समयानुकूल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयल निगमले बढाएको भाडा वर्तमान समयअनुसार बढेको छैन । हामीले अपेक्षा गरेभन्दा धेरै कम मात्र भएको छ । ’गत सोमबार आयल निगमलाई भाडादर वृद्धिको सन्दर्भमा चित्त नबुझेकाले ध्यानाकर्षण पत्र बुझाएको उहाँको भनाइ छ । आयल निगमले बढाएको भाडादर वैज्ञानिक नभएकाले यसको कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले अलि बढी भाडा वृद्धि गर्नुपर्ने मागसहित सुझाव पेश गरेका थियौँ । तर आयल निगमले सोचेको अनुपातमा भाडा वृद्धि गर्न सकेन । भाडा वृद्धिका आधारको मापन समयानुकूल भएको देखिएन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑