वीरगंज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सिके) राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताए ।
उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए । अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए ।
कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए । अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरू सम्बोधन गर्ने बताए ।