वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतलाई सम्मान तथा विदाई गरिएको छ । नेपाल सुशासन पार्टी पर्साद्वारा पर्सा जिल्लाबाट सरुवा भएका प्रहरी उपरीक्षक बस्नेतलाई सम्मानसहित विदाई गरेको हो । फुलको माला र खादा लगाई सम्मान पुर्वक विदाई गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य मनोहर हुसेनले एसपी बस्नेतको १३ महिनाको कार्यकाल अत्यन्तै सफल रहेको बताए ।
शान्ति सुरक्षा, अपराधन नियन्त्रणसँगै सामाजिक कार्यमा पनि उनको सक्रियता सँधै स्मरणीय रहने हुसेनको भनाई छ । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रहरी उपरीक्षक बस्नेतले पनि यहाँको बसाई समग्रमा सुखद रहेको बताए । आफ्नो कार्यकाललाई सफल पार्न यहाँका उद्योगी, व्यवसायी, सामाजिक अभियानता, सञ्चारकर्मी लगायतले खेलेको भूमिका प्रसंशनीय रहेको बस्नेतको भनाई थियो ।
आफु जहाँ गएपनि वीरगञ्जलाई सँधैभरी सम्झिरहने पनि उनले बताए । विदाई कार्यक्रममा नेपाल सुशासन पार्टी पर्साका प्रदेश सभा सदस्य मनोहर हुसेन, राजकुमार यादव,अहमद हुसेन,विजय पाठक ,अनिल कुमार,प्रदीप चौधरी लगायतको उपस्थिती रहेको थियो ।