• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा जाडो बढेसँगैआगो ताप्ने व्यवस्था मिलाउँदै

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १६:२६
  • १७८९

    वीरगंज । कठ्याग्रिदो जाडो बढेसँगै बीरगन्ज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाउन लागेको छ । बिहीबार बिहान बसेको महानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले ३२ वटै वडाका आवश्यक स्थानको पहिचान गरी जाडोबाट बच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । सम्बन्धित वडाअध्यक्षहरुको समन्वयमा महानगरपालिकाले आवश्यक परेका स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकले बजार क्षेत्रलाई मध्यनजर गर्दै रातमा सडक तथा चौरमा खुला आकाशमुनी रात विताउन बाध्य भएका अतिविपन्नहरुलाई जाडो महिनाभर राति सुत्नका लागि बसेराको निर्माण गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले अतिविपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा पनि उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका मेयर राजेशमान सिंहले जाडो सुरु भइसकेकाले अब छिट्टै चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन आफूहरुले काम गरिरहेको भन्दै तत्काल आवश्यक स्थानको पहिचान गरेर जानकारी दिन वडाअध्यक्षहरुलाई आग्रह गरेका थिए ।

    ‘जाडो सुरु भइसकेको छ, अबको १÷२ दिनभित्रै तपाईहरुले दिनुभएको स्थानमा दाउरा झार्ने काम हुन्छ,’ उनले भने ‘जाडोबाट बच्न आवश्यक पर्ने दाउरा महानगरले उपलब्ध गराउँछ ।’महानगरपालिकाले डिभिजन वन कार्यालयसँग आवश्यक दाउरा माग गरेको र अहिले वन कार्यालयले ८ चट्टा दाउरा उपलब्ध गराउने भएको मेयर सिंहले बैठकमा जानकारी दिए । वन कार्यालयबाट उपलब्ध दाउरा र महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि उनले बताए । जाडो महिनामा नै आगलागी जस्ता घटना पनि हुने भएकाले त्यसतर्फ पनि सचेत भएर काम गर्नु पर्ने आवश्यकता उनले औँल्याएका छन् । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले जाडोका कारण समस्या आउन नदिन सबैको सहयोग आवश्यक रहेको बताए ।

    वडा नम्वर ४ का वडाध्यक्ष जगत साहले विपत जोखिम नक्सांकन गरेर काम गर्न सकिए शितलहर तथा अन्य विपतबाट बच्न सहज हुने भन्दै त्यसतर्फ अगाडी बढ्न सुझाव दिए । वडा नम्वर २० का वडाअध्यक्ष रामकिशोर सिंह ‘पराग’ ले न्यानो कपडा वितरण गर्दा एक ठाउँमा जम्मा पारेर वितरण गर्नु भन्दा विपन्न पहिचान गरेर उनीहरुको घरघरमै पुर्याउने व्यवस्था मिलाए बढी प्रभावकारी हुने बताए । यस्तै बैठकले छिमेकी चीन र भारत दुबैतर्फ फेरि पनि कोरोना संक्रमण बढीरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सचेतना कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ । बैठकमा महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, महानगरका विभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑