• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी जग्गा हडपेर घर बनाउँदै

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १४:१४
  • २५३७

    वीरगंज । काठमाडौं महानगरपालिका–१० देवीनगरमा धोबीखोला किनारमा महानगरपालिको बुधबार डोजर लगाएर १३ वटा घर भत्कायो । भत्काएका अधिकांश घरमा घरधनी नभई डेरामा बस्नेहरु मात्र थिए । महानगरले डोजर चलाएपछि भाडामा बस्नेहरुको बिच्चली भएको छ । तीमध्ये एक हुन् हुम्लाकी बाँच्चे भण्डारी । उनी एक महिनाअघि मात्रै देवीनगरमा कोठा भाडामा बस्न आएकी थिइन् । श्रीमान बिरामी भएपछि काठमाडौं आएकी भण्डारीले देवीनगरमा कोठा पाएकी थिइन् । ‘घरबेटीले नयाँ घर भन्दै बसाएका थिए, चुनावको बेला घर भत्किने हल्ला चल्दै थियो, साहुले अगाडिको कम्पाउण्ड मात्रै भत्किने भएकाले कोठामा बस्न मिल्ने बताएका थिए । तर अब हाम्रो बिजोग भएको छ’ भण्डारीले भनिन् । भण्डारी भाडामा बसेको घर हेमराज घिसिङले बनाएका हुन् । सरकारी स्वामित्वको जग्गामा बनाएको टहराको भाडा घिसिङले उठाउँदै आएको महानगरपालिकाले जनाएको छ । अनधिकृत रुपमा घर र कम्पाउण्ड निर्माण गरेपछि काठमाडौं महानगरपालिकाको वडा नं १० कार्यालयले वडामा उपस्थित हुन अनुरोध गरे पनि घिसिङ नआएको वडा कार्यालयले जनाएको छ ।

    देवीनगरमा सरकारी जग्गामा संरचना बनाएर भाडामा लगाउने अर्का व्यक्ति हुन् इन्द्र चाम्लिङ । बुधबार डोजर लगाएर भत्काइएको ती घर कमशल थिए । ‘चाम्लिङको आफू बस्ने घर मात्रै राम्रो हो । भाडामा लगाएको घरहरु त सबै अस्थायी जस्तै छ । दुई तला बनाउँदा पनि पिलर छैन’ चाम्लिङका एक छिमेकीले भने । चाम्लिङलाई नियमित भाडा बुझाउने गरी करिडोरको सटरमा किराना पसल थापेकी सावित्री (नाम परिवर्तन) भन्छिन् ‘चाम्लिङ दाइले अब डोजर, सोजर केही आउँदैन यो चुनावको फण्डा मात्रै हो भनेर भाडा उठाइरहे, यो बेलामा डोजर आयो, हाम्रो त बिजोग नै भयो ।’ डोजर चलाउने हल्लामात्रै भन्दै भाडामा बस्नेहरुबाट पैसा असुलेका चाम्लिङले महानगरले १५ दिन अगाडि संरचना हटाउन माइकिङ गरेपछि ‘शुलभ औषधी पसल’को बोर्डसमेत झुण्ड्याएका थिए ।महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आफैंले भत्काउने भन्दै समय मागेर उल्टै चुनावको मौका पारेर फेरि भाडामा लगाएको पाइएको छ ।

    मापदण्ड विपरीत टावर

    महानगरका अनुसार इन्द्र चाम्लिङले देवीनगरको मुख्य चोकमा ८ तलाको घर बनाएका छन्, तर मापदण्ड मिचेर । ‘महानगरसँग ५ तला बनाउने अनुमित लिएर चाम्लिङले ८ तलाको घर बनाएका छन्, त्यो पनि ३ फिट सरकारी जग्गा मिचेर । यो विषयमा चाम्लिङलाई जानकारी गराएको भन्दै मापदण्ड विपरीत रहेका संरचना हटाउने तयारी गरेका छौं,’ बुधबार संरचना भत्काउन पुगेका नगर प्रहरी प्रमुख पाण्डेले भने । सरकारी जग्गा मिचेर घर, टहरा बनाउने अनि भाडा उठाएर खाने प्रवृत्ति नै देखिएको पाण्डे बताउँछन् । ‘उनले ७ वटा घर÷टहरामा ११ वटा सटर, १२ वटा भन्दा धेरै कोठाहरु भाडामा लगाएको देखिन्छ । महानगरले पटक सम्झाउँदा पनि बेवास्ता गरेकोले आज हामीले भत्काएको छौं,’ महानगर प्रहरी प्रमुख पाण्डेले भने । बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठका अनुसार चाम्लिङले दादागिरी गरेकै भरमा सरकारी जमिन ओगटेर जबर्जस्ती भौतिक संरचना निर्माण गरेका हुन् । ‘स्थानीयले विरोध गर्‍यो, वडा कार्यालयले चिठी लेख्यो, म आफैंले बारम्बार भनेँ तर चाम्लिङले टेर्नुभएन । खै उहाँ अब कुन शक्तिको आडमा हुनुहुन्छ तर यो क्षेत्रमा हडपेको सरकारी जमिन महानगरसँग मिलेर फिर्ता गर्न म आफैं फिल्डमा छु’, उनी भन्छन् ।

    इन्द्र चाम्लिङले मापदण्ड विपरीत बनाएको घर । महानगरपालिकाले ४ मंसिरको चुनावअघि नै सरकारी जग्गा मिचेर बनाएको घर टहरा हटाउन सूचना जारी गरेको थियो । अटेर गरेपछि डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डे बताउँछन् । पाण्डेका अनुसार केही घरहरु अझै भत्काउनुपर्ने भए पनि घरधनीहरु अदालत गएका कारण रोकिएको छ । ‘महानगरले पटक पटक अनधिकृत रुपमा बनाएको संरचना भत्काउन अनुरोध गर्दा, घरधनीहरुले वास्ता नगरी भाडा लगाएर बसेको देखिन्छ’ उनी भन्छन्, ‘हामीले पहिल्यै जानकारी गराएर भत्काएका हौं ।’

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑