• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सङ्कटमा शङ्करपुर ताल

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १३:५७
  • २००९

    वीरगंज । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन्। सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उनी बताउँछन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छरे । उनीहरु मात्र होइन, शङ्करपुरमा अहिले अधिकांश किसानले कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् । गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको आभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको शङ्करपुर तालको बाँध फुटेपछि यहाँ सिँचाइ सुविधाको अभाव भएको हो । तालमा पानी नभएपछि सिँचाइमा समस्या भएको उनीहरुकाे गुनासो छ । तालको बाँध फुटेपछि गाउँपालिकाका करिब आधा दर्जन गाउँका स्थानीय किसानलाई सिँचाइ गर्नका लागि समस्या परेको छ । तालको बाँध निर्माणका लागि किसानले विजयनगर गाउँपालिकालाई कयौँपटक आग्रह गर्दा पनि पालिकाले कुनै पहल नगरेको उनीहरूको भनाइ छ । गाउँपालिकाकै पर्यटकीयस्थलमा रूपमा परिचित ताल फुटेसँगै त्यस क्षेत्रको सौन्दर्यतासमेत खस्किएको छ । तालको बाँध फुटेलगत्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वको एक टोलीले भदौ १८ गते अनुगमनसमेत गरेको थियो । त्यतिबेला टोलीले तत्काल बाँध निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल भएको छैन ।

    विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले तालको बाँध फुटेकामा चिन्ता व्यक्त गर्दै बाँध निर्माणका लागि पहल गर्ने भने पनि अझैसम्म कुनै काम भएको पाइँदैन । ताल फुटेसँगै विजयनगर गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडाध्यक्षलगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोही स्थानमा पुगेको थियो । टोलीले सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, बस्ती कटान भएको बताएको थियो । हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले ताललाई निर्माण गर्ने पहिलो प्राथमिकतामा समेत राखेका थिए । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले तालको बाँध निर्माण तथा मर्मतसम्भार गर्ने प्रतिबद्धता व्यक्त गरे । कपिलवस्तु क्षेत्र नं ३ (२) बाट निर्वाचित भएका प्रदेशसभा सदस्य जानकीप्रसाद यादवले ताल निर्माणका लागि रकम विनियोजित भइसकेको भन्दै अब तालको काम हुने बताए ।

    करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएकाले यस क्षेत्रमा पर्यटकीय विकासको सम्भावना रहेको भन्दै तालको बाँध बाँध्न आफूले पहल गर्ने उनले बताए । ताललाई व्यवस्थित बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरी संरक्षणका लागि विभिन्न काम गरे पनि पालिकाको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

    यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो । चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ । तालमा शिवगढी मन्दिरमा बस्ने भगवान् शङ्करले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वासअनुसार नै तालको नाम शङ्करपुर राखिएको बताइन्छ । किंवदन्तीअनुसार यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको थियो । देवीले देवताहरूलाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । देवीका लागि गर्मीको समयमा नुहाउन ताल खनिएको थियो । स्थानीय पुर्खाहरूको भनाइमा धेरै वर्षदेखि यो तालको अस्तित्व रहँदै आएको छ । यो तालले पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको छ । तालमा धेरै प्रजातिका रैथाने माछा, बकुल्ला, जलेवा, पानीहाँसलगायत विभिन्न जलप्राणी पाइन्छन् भने विभिन्न २१ जातका पानीमा हुने वनस्पति पाइन्छ । गाउँपालिकाकै पहिचानका रूपमा रहेको ताललाई व्यवस्थित र संरक्षण गर्न सके ताल क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । तालमा आसपासका बासिन्दा माछा मार्न, साग टिप्न आउने गर्दथे । धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले बर्सेनि घट्दै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भइरहेको छ भने तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भरिँदै गएको छ । तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरूको लागि खेलमैदान र गौचरनमा परिणत भएको छ । तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरूको मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला यहाँ लाग्दछ । त्यस्तै सोही स्थानमा हिन्दू तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑