• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणमा मधेस प्रदेश उदाहरणीय : मुख्यमन्त्री राउत

  • वीरगंज संजाल
  • ६ पुष २०७९, बुधबार १७:४४
  • २२२१

    वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताएका छन् ।

    मुख्यमन्त्री निवास जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधान निर्माण पछिको पहिलो सरकारका रुपमा काम सुरु गर्दा संस्थागत, संरचनागत र कानुनी जटिलता भए पनि अरू प्रदेशको तुलनामा उल्लेखनीय काम गरेको दाबी गरेका हुन् । सङ्घीयता कार्यान्वयनका लागि नेपालको संविधानको अनुसूची-६ ले दिएका अधिकार कार्यान्वयन गर्न आफू नेतृत्वको सरकारले हरसम्भव प्रयास गरेको भन्दै मुख्यमन्त्री राउतले अब बन्ने नयाँ सरकारले यसलाई थप कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् ।

    “प्रदेशका अधिकार कार्यान्वयनका लागि मुख्यमन्त्रीका रुपमा मैले र मेरो नेतृत्वको सरकारले अधिकतम् भूमिका खेलेको छ”, उनले भने, “बाँकी कामहरु नयाँ सरकारले पूरा गर्नेमा म आशावादी छु ।”प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्दै मुख्यमन्त्री राउतले ५ वर्षमा ५५ ऐन निर्माण गरेर कानुनी रुपमा प्रदेशलाई बलियो बनाउने प्रयास गरेको बताए ।

    त्यसैगरी उनले सामाजिक रुपान्तरण र यहाँका विविध जातजाति तथा महिलाको पहिचान स्थापित गराउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको समेत बताएका छन् । “छोरी बीमा कार्यक्रम, ५० प्रतिशत महिला र जनसङ्ख्याका आधारमा आरक्षण दिने गरी प्रदेश निजामती सेवा ऐनलगायत कानुन निर्माणको काम भएको छ”, मुख्यमन्त्री राउतले भने, “यसबाट सङ्घीय सरकार र अरू प्रदेशले पनि सिक्नुपर्छ । अब बन्ने प्रदेश सरकारले पनि बनेका ऐन नियम कार्यान्वयन तथा थप सुधारमा ध्यान दिनुपर्छ ।”

    उनले ५ वर्षको अवधिमा मधेस कृषि विश्वविद्यालय, मधेस स्वस्थ्य विज्ञान प्रतिष्ठान र मधेस विश्वविद्यालयजस्ता महत्वपूर्ण संस्था बनाउन सफल भएको पनि बताएका छन् । प्रतिपक्षी दलबाट प्रदेश सरकारलाई राम्रो सहयोग प्राप्त भएको उल्लेख गर्दै राउतले ५ वर्षको अवधिमा ७ वटा मुख्यसचिव फेरिँदा र पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको गुनासो गरे ।

    उनले आफ्नो पहलमा मधेसी शहीद प्रतिष्ठान बनाउन सफल भए पनि प्रतिबद्धता गरेअनुसार भरणपोषणमा सहजताका लागि शहीद परिवारका एक/एक जनालाई रोजगारी दिने निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेकामा दुःख व्यक्त गरेका छन् । ३ फागुन २०७४ सालमा प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीद परिवारका एक जनालाई रोजगारी दिने निर्णय गरेकामा २९ पुस २०७५ सालमा तलब–भत्तालगायत अन्य सुविधा पाउने गरी कार्यालय सहयोगी पदमा कामकाज गर्न नियुक्तिपत्रसमेत दिएको थियो । तर त्यो पूर्णरुपमा कार्यान्वयन हुनसकेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑