वीरगन्ज । वीरगन्ज महानगरपालिकामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । दिनहुँ हुने मोटरसाइकल चोरीको घटनाले सर्वसाधारण हैरान भएका छन् । वीरगन्जको माइस्थान देखि घन्टाघरको रोड,ग्रीन्सिटिको रोड मुर्लिचौक लगायत बढी भीडभाड हुने क्षेत्रबाट प्रायः दिनहुँ सर्वसाधारणको मोटरसाइकल चोरी हुने गरेको छ ।
सर्वसाधारणको दैनिकी क्रियाकलापसँग जोडिएको मोटरसाइकल पार्किङ गरिएको ठाउँबाट क्षणभरिमै चोरले गायब गरिदिंदा सर्वसाधारण आर्थिक र मानसिकरुपमा पीडित भइरहेका छन् । हराएपछि प्रहरीले समेत खोजीका लागि सहयोग नगर्ने गरेको वीरगन्ज ११ मुर्लि बस्ने सन्नि चौरसियाको भनाइ छ ।
“हराएपछि प्रहरीलाई निवेदन दिँदा पनि खोजीका लागि चासो देखाएको पाइँदैन,” उनले भने । उनको केही हप्ताअघि मोटरसाइकल हराएको थियो ।
दिन बिराएर मोटरसाइकल चोरीका घटना हुने गरे पनि चोरी भएपछि न्यून संख्याका मोटरसाइकलमात्र भेटिने गरेको छ । चोरी भएको माल बरामद भएपछि मात्र मुद्दा चल्ने कानुनी प्रावधानका कारण मोटरसाइकल चोरीको घटनामा थोरै संख्यामा मात्र मुद्दाहरू चल्ने गरेको छ ।
मोटरसाइकल चोरीलाई न्यूनीकरण गर्न प्रहरीले गर्नुपर्ने पहल नुन्न देखिए पछि पर्सा प्रहरीको काम प्रति संका उत्पन हुनथालेको छ। मोटरसाइकल चोरीलाई वीरगन्ज महानगरको पनि धयान आकर्षण हुनपनि जरुरी छ भन्नु हुन्छ नेपाल खेलकुद महासंघ वीरगन्ज महानगरको अध्यक्ष श्याम राउनियार । उहाँको भनाइ अनुसार महानगरले खटाउने प्रहरी लाई खटाउन सकियो तथा सि सि टि भि जरान गराउन सकियो भने केहि हदसम्म नियन्त्रण हुन्थ्यो ।