• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब सिर्सिया नदीमा फोहोर फाल्नेलाई कानुनी व्यवस्था

  • वीरगंज संजाल
  • ५ पुष २०७९, मंगलवार १७:४१
  • १७५७

    वीरगंज । वीरगंजको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ । सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार अनुगमनका क्रममा यस्तो फेला पारेको हो । उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग संचालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था भएपनि यहाँका अधिकांश उद्योगहरुले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् ।

    मरियम लेदर उद्योगमा पनि पानी प्रशोधन केन्द्र नभेटिएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले बताए । अनुगमन टोलीले मंगलवार मरिअमसहित नारायणी लेदर र निम्बसको पनि अनुगमन गरेको छ । अनुगमन गरेकामध्ये नारायणी लेदरले फोहोर पानी प्रशोधन गरेर फाल्ने गरेको भेटिएको महानगरका वातावरण निरीक्षक साहले बताए । त्यस्तै निम्बस उद्योगको उत्पादन अहिले बन्द रहेकाले त्यहाँबाट पानी निकासा नभेटेको पनि उनले बताए । निम्बसले पानी प्रशोधन केन्द्र भने बनाएको छ ।

    नदी आसपासमा कम्तिमा पनि एक सयभन्दा बढी उद्योगहरु रहेको र ती उद्योगले जथाभावी फोहोर पानी फाल्दा अहिले सिर्सिया दुर्गन्धित बनेको छ । महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको टोलीले पहिलो चरणमा अनुगमनलाई निरन्तरता दिएको हो । ‘पहिलो चरणमा अनुगमन र सचेत गर्ने काम गर्दै हिँडेका छौँ,’ उपमेयर आलमले भने, ‘यति गर्दा पनि नदी प्रदुषण नियन्त्रण नभए फोहोर पानी नदीमा फाल्ने उद्योगलाई हामी कारवाही गर्छौँ ।’महानरका मेयर राजेशमान सिंहले निर्वाचनका बेला सिर्सिया नदीको प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुरुप नदीमा भइरहेको प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउन पहिलो चरणमा अनुगमन अघि बढाइएको मेयर सिंहको भनाई छ । मंगलबार उद्योगको अनुगमन गर्न गएको टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखा प्रमुख देवेन्द्र चौधरी, प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका अनिल कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑