• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन

  • वीरगंज संजाल
  • ४ पुष २०७९, सोमबार १३:५२
  • १२१३

    वीरगंज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाइ इन्धन १० रुपैया ६१ पैसा मूल्य घटेर आएको थिये । तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायोजन गरेको हाे । भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको याे पहिलेपटक भने होइन । आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायेजन नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

    आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदि घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरु बताउँछन् । पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । उनले निगमलाई अमुक बैंकबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेकाे आरोप लगाए । वैज्ञानिक ढंगबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेउ, घट्दा पनि घटाइदेउ । यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन् ।’निगमले हवाइ इन्धनमा पनि अत्याधिक नाफा लिइरहेको उनको दाबी छ । सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको उनको भनाइ छ । कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कायैशैली परिवर्तन नभए अझै उपभोक्ताले महंगी र असमान मूल्यको सामना गर्नुपर्ने महासचिव तिमिल्सिनाको भनाइ छ । उनले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ मागे । मूल्य घटेर आउँदा पनि निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उनको आरोप छ ।

    तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गरेका छन । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उनले भने, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रुपमा मूल्य समायोजन गरेका छौँ ।’निगम अझै २० अर्ब बढी ऋणभारमा रहेको भन्दै उनले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकारे । ‘जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उनले भने । गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थक मूल्य अकासिएको थियो । निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियाे । साेही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो । त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगमले तोकेको थियो । जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाइ बेचिरहेको थियो । भारतले गत मंसिर १५ गते पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑