• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मेस्सी सबैभन्दा ४ वटा खेलाडी अगाडि

  • वीरगंज संजाल
  • Dec 15, 2022, 3:22 pm
  • १५०५

    वीरगंज । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ । गोल्डेन बुट भने प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोल असिस्ट (गोल गर्न अर्को खेलाडीलाई सहयोग गरेको) गणना गरिन्छ । गोल र असिस्ट पनि समान भए विश्वकपमा कम समय खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । सम्भवत: यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् ।

    यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् । सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन् । नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेसीले उनलाई भेट्टाएका छन् । मेसी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर असिस्टमा मेसी अगाडि छन् । मेसीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट गरेका छन् । अब यी दुईबीच फाइनल खेलमा पनि गोल गर्दै अवार्ड जित्नका लागि टक्कर हुनेछ । मेसीले नकआउट चरणको तीनवटै खेलमा गोल गरे । समूह चरणमा ३ गोल गरेका एमबाप्पेले भने नकआउट चरणको अन्तिम १६ मा मात्र गोल गरे । उनले अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए । ३५ वर्षीय मेसीले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेलमा गोल गरेका छन् । समूह चरणमा साउदी अरेबियासँग पेनाल्टीबाट पहिलो गोल गरेका मेसीले मेक्सिको विरुद्ध एक गोल र एक असिस्ट गरे । पोल्याण्डविरुद्ध भने मेसीले पेनाल्टीमा पनि गोल गर्न सकेनन् । मेसीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध गोल गरेका थिए । यस्तै क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसिया विरुद्ध मेसीले १ गोल र १ असिस्ट नै गरे । २३ वर्षीय युवा स्टार एमबाप्पेले समूह डी को पहिलो खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा गोलको खाता खोलेका थिए भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे ।

    समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले दुई गोल गरे । तर क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । हाल गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका एम्बाप्पेले लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् । एमबाप्पेले अष्ट्रेलिया र पोल्याण्डविरुद्धको खेलमा एक-एक गोल असिस्ट गरेका थिए । मेसी र एमबाप्पेलाई गोल्डेन बुटको होडमा पछ्याइरहेको अर्जेन्टिनाका युलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन् । दुवैले असिस्ट भने गरेका छैनन् । पोल्याण्डविरुद्ध गोलको खाता खोलेका अल्भारेजले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराउँदा भने उनले दुई गोल गरेका थिए । यस्तै जिरुडले समूह चरणमा पहिलो खेलमै अष्ट्रेलियाविरुद्ध दुई गोल गरेका थिए । समूहका बाँकी दुई खेलमा उनले गोल गरेनन् । अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध जिरुडले समान १ गोल गरे । मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न अल्भारेज र जिरुडले फाइनलमा कम्तीमा पनि दुई गोल गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण
  • टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑