वीरगंज । अघिल्लो दिनको तुलनामा मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको मूल्य स्थिर हो ।