• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अल्पमत र बहुमतको लडाइँले मधेसका एक दर्जन स्थानीय तह बजेटविहीन

  • वीरगंज संजाल
  • २७ मंसिर २०७९, मंगलवार ०८:२४
  • १९०९

    जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका एक सातादेखि बन्द छ । ६ महिनाको तलबभत्ता नपाएपछि कर्मचारीहरूले नै नगरपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरूले दिनहुँ पालिका अगाडि धर्ना दिँदै आएका छन् ।

    शिक्षकहरू धर्नामा बसेपछि विद्यालय पनि ठप्प छन् । विद्यालय बन्द भएपछि आइतबार विद्यार्थीहरूले पनि सडक जाम गरेर पालिकाविरुद्ध प्रर्दशन गरेका छन् ।

    पालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना पुग्दै छ । आर्थिक वर्ष सुरु भएको पनि ६ महिना पुग्दै छ । तर, नगर परिषद् हुन सकेको छैन । नगर परिषद् नहुँदा उधारोमै पालिका सञ्चालन भइरहेको नगर प्रमुख विन्य कुमार यादवले जानकारी दिए । चालु आर्थिक वर्षमै १५/२० लाख भन्दा बढी उधारो रहेको उनको भनाइ छ ।

    सवारी इन्धन, बैठकको खाजा र चिया खर्च पनि उधारोमै चलेको छ ।

    पालिकामा अल्पमत र बहुमतको विवाद छ । ५० जना कार्यपालिका सदस्य छन् । नगराइनमा नगर प्रमुख विनय कुमार यादव नेपाली कांग्रेसको हुन् । तर, बहुमत एमालेको छ ।

    एमालेको उपप्रमुख राधादेवी यादवसहित २८ जना कार्यपालिका सदस्य छन् भने २२ जना कांग्रेसका छन् । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले कानुन संशोधनको माग गर्दै परिषद्मा रोक लगाएका छन् । नगर प्रमुख यादवले आफूले १० पटकसम्म नगरसभाको बैठक बोलाइसकेको बताए । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधि बैठकमा सहभागी नहुने गरेको उनको भनाइ छ ।

    यहाँ मुख्यत: नगर स्तरीय योजना सञ्चालन हुने विषयमा विगतमा जनप्रतिनिधिहरूले कार्यविधि बनाएका थिए । सो कार्यविधिमा नगर स्तरीय योजना नगर प्रमुखकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था छ । तर, अहिले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उक्त कार्यविधि संशोधन गर्नुपर्ने शर्त राखेका छन् । नगरकी उपप्रमुख राधादेवीले अधिकार र योजना बाँडफाटमा विवाद रहेको बताइन् ।

    आदेश कुर्दै कमला
    नगराइनजस्तै बहुमत र अल्पमतको समस्या धनुषाको कमला नगरपालिकामा पनि छ । एउटै पार्टीबाट नगर प्रमुख र उपप्रमुख निर्वाचित भएपनि पालिका सञ्चालनको विषयमा कुरा मिलिरहेको छैन । यहाँ आय व्यय, अधिकार र योजना बाँडफाँटको विषयमा विवाद रहेको उपप्रमुख शिलादेवी मण्डलले बताइन् ।

    कमलामा पनि नगरसभा स्वीकृत नहुँदा उधारोमै कारोबार भइहरको छ । अति आवश्यक खर्च उधारोमै चलिरहेको नगर प्रमुख विशेश्वर यादवले जानकारी दिए ।

    उनका अनुसार असार १० गते पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । भदौ २० गते नगरसभा पनि बहुमतले गरिसकेका छन् । तर कामकाज अझै ठप्प छ ।

    कारण उपप्रमुखसहितका कार्यपालिका सदस्यले उच्च अदालतमा नीति तथा कार्यक्रम खारेजीको माग गर्दै मुद्दा दिएका छन् । सोही मुद्दाको आदेश कुरिरहेको नगर प्रमुख यादवको भनाइ छ ।

    “उपप्रमुखले अदालतमा मुद्दा दिएका छन् । हामीले बहुमतले पारित गरेको नीति तथा कार्यक्रम र बजेट भाषण अदालतले खारेज गर्न पनि सक्छ,” उनले भने, “मंसिर २१ गते तोकिएको पेसी स्थगित भएको छ । फैसला आउने बित्तिकै अख्तियारी दिइन्छ । कामकाज सुरु हुन्छ ।”

    क्षीरेश्वरमा ६ करोड पुरानै बक्यौता
    क्षीरेश्वरनाथ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेको छ । तर स्वीकृत गराउन सकेको छैन । असार १० गते नै नगरप्रमुख सुकदेव यादवले बजेट प्रस्तुत गरेपनि स्वीकृत अझै हुन सकेका छैन । यहाँ पनि अल्पमत र बहुकतको विवाद देखिएको छ ।

    पालिकाले आगामी पुस ६ गते पुनः नगरसभाको अर्को बैठक आयोजना गरेका छन् । यहाँ पनि नगराइन र कमला जस्तै समस्या देखिएको छ । जसले गर्दा पालिका उधारोमै सञ्चालन भइरहेको छ । पालिकाको कर्मचारी अनुसार ६ करोड बक्यौता गत आर्थिक वर्षकै बाँकी रहेको छ । कर्मचारीहरूले पनि पाँच महिनाको तलब र चाडपर्व भत्ता पाएका छैनन् । यहाँको कर्मचारी पनि गत महिनामा तलब माग गर्दै कालोपट्टी बाँधेर प्रर्दशन गरेका थिए ।

    धनुषाको कमला, नगराइन र क्षीरेश्वरनाथ जनप्रतिनिधिको विवादले उधारमो सञ्चालन भइरहेको प्रतिनिधिमुलक मात्र हुन् । मधेस प्रदेशमा करिब ६ प्रतिशत पालिका उधारोमै सञ्चालन भइरहेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेवसाइट पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्टि गरेको विवरणअनुसार करिब एक दर्जन पालिकाले अझै बजेट पेस गर्न सकेका छैनन् ।

    मधेसका १३६ मध्ये ९४ दशमलब ९ प्रतिशत पालिकाले बजेट पेस गरिसकेका छन भने पाँच दशमलब एक प्रतिशत पालिकाले बजेट पेस गरेका छैनन् । अर्थात् निर्धारित समयमा करिब एक दर्जन पालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑