• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वर्गिकरण अनुसारको शुल्क भन्दा बढी लिने विद्यालयलाई कारबाही गर्ने मेयर सिंहकाे चेतावनी

  • वीरगंज संजाल
  • २३ मंसिर २०७९, शुक्रबार १८:४४
  • १९९३

    वीरगंज । वीरगन्ज महानगरपालिकाले नेपालमै पहिलो पटक संस्थागत (निजी) विद्यालयहरुको स्तर वर्गिकरण गरेर शुल्क निर्धारण गरेको छ ।लामो समयको प्रयासपछि महानगरले निजी विद्यालयहरुकाे वर्गिकरण गरेर बुधबार सूची नै सार्वजनिक गरेको हो ।नेपाल सरकारले तय गरेको विधि र प्रकृयासम्मत ढंगले संस्थागत विद्यालयको स्तर वर्गीकरण गरिएकाले अनावश्यक भ्रम नछर्न महानगरका मेयर राजेशमान सिंहले आग्रह गरे ।वर्गिकरणका विषयमा जानकारी दिन महानगरको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर सिंहले भने, ‘संस्थागत विद्यालयहरुको वर्गिकरण र शुल्क निर्धारण सरोकारवाला र शिक्षा विज्ञहरु सम्मिलित टोलीले विधी र प्रकृया संगत ढंगले गरेको हो, यसमा कसैले भ्रम छर्ने काम नगरौँ ।’वर्गिकरणका लागि फारम भरेका संस्थागत विद्यालयहरुको महानगरबाट गठित टोलीले स्थलगत रुपमै अनुगमन गरेर निर्धारण गरिएको सूचक बमोजिम पाइएका विद्यालयलाई त्यही अनुरुप वर्गिकरणमा राखिएको उनले बताए ।

    महानगरले विद्यालय वर्गिकरणका लागि विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समिति गठन गरेर काम गरेको पनि उनले बताए । वीरगन्जको शैक्षिक अवस्था सुधारका लागि वर्गिकरण महत्वपूर्ण रहनेमा आफू विश्वस्त रहेको मेयर सिंहले बताए । महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले महानगरमा रहेका ११९ वटा सामुदायिक विद्यालयहरु मध्ये अहिले ५८ वटा विद्यालयको वर्गिकरण गरिएको र वर्गिकरणका लागि नआएका सबै विद्यालयलाई तल्लो तहको अर्थात घ वर्गमा राखिदिएको पनि जानकारी उनले दिए । विद्यालय वर्गिकरणका लागि महाशाखाभन्दा बाहिरका शिक्षाविद् अभिभावक तथा विज्ञहरुलाई अनुगमनको जिम्मा दिएर आफूहरुले काम गरेको उनले बताए ।वर्गिकरणका लागि ७० वटा सूचक र २ सय भन्दा बढी मूल्यांकनका आधार तयार गरेर विद्यालयहरुको वर्गिकरण गरिएको पनि उनले बताए ।

    उनले भने, ‘तत्कालनि शिक्षा विभाग र शिक्षा विकास केन्द्रको आधिकारीक मूल्यांकन फारम अनुसार नै हामीले वर्गिकरण गरेका हौँ, त्यसमा वर्गिकरणका सूचक र आधारहरु प्रष्ट उल्लेख गरेको छ ।’आफूहरुले कुनै विद्यालयको शुल्क बढाउने र कुनैको घटाउने कार्य नगरेको भन्दै वर्गिकरणमा परेका सबै विद्यालयको तोकिएको सुत्रको आधारमा शुल्क निर्धारण भएको पनि उनले बताए ।केही विद्यालयमा वर्गिकरण पछि अहिले निर्धारण भएको शुल्क गत वर्षको भन्दा पनि न्यून आएको र कुनैको भने केही बढ्न गएको देखिएको पनि उनले बताए ।महानगरले सार्वजनिक गरेको वर्गिकरण अनुसारको शुल्क भन्दा बढी लिए त्यस्तो बदमासि गर्ने विद्यालयलाई कारबाही गर्ने पनि महानगरले चेतावनी दिएको छ ।महानगरको निर्देशन विपरित शुल्क असुल गर्नेलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, स्तर घटुवाका साथै विद्यालय खारेजसम्मको कारबाही हुने व्यवस्था ऐनमा उल्लेख छ ।पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु, ५ का प्रदीप चौरसिया, समितिका सदस्य डा.दीपेन्द्र चौधरी लगायतको पनि उपस्थिति र थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑