वीरगंज । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद् छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।
एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को नाम पठाउन दलहरुलाई निर्देशन दिइसकेको छ ।