• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कप्तान हाजार्डको दुखद् बिदाइ

  • वीरगंज संजाल
  • २२ मंसिर २०७९, बिहीबार १५:१४
  • १७५३

    वीरगंज । बेल्जियमलाई चार वर्ष अघिको विश्वकपमा तेस्रो बनाएका कप्तान इडेन हाजार्डको राष्ट्रिय टिमबाट सुखद् बिदाइ हुन सकेन। कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएसँगै हाजार्डले ३१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय करियरमा बिट मार्ने निर्णय गरेका हुन्। सन् २००८ मा १७ वर्षको उमेरमा बेल्जियमको राष्ट्रिय टिमबाट डेब्यु गरेका हाजार्डले रेड डेभिल्सका लागि एक सय २६ खेलमा ३३ गोल गरेका छन्। ‘एक पाना आज पल्टिने छ’, प्लेमेकर हाजार्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुपम माया र साथका लागि धन्यबाद। सन् २००८ देखि यी सबै खुसीका लागि धन्यबाद। मैले अन्तर्राष्ट्रिय करियर टुङ्ग्याउने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्। मिस यू…’ हाजार्ड चार वर्षअघि रुसमा सेमिफाइनल पुग्दा बेल्जियका प्रमुख सदस्य थिए। उनको टिम त्यो सिजन च्याम्पियन बनेको फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो। त्यसपछि इङ्ल्यान्डलाई हराउँदै तेस्रो बनेको थियो। हाजार्डकै कप्तानीमा तेस्रो बनेको बेल्जियमको विश्वकपमा त्यो नै सबैभन्दा ठूलो उपलब्धि हो।

    हाजार्ड १४ वर्षअघि लक्जेमबर्गविरुद्ध डेब्यु गर्दा बेल्जियमबाट राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने आठौं कान्छो खेलाडी बनेका थिए। त्यसपछि उनले तीन विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गरे। दुई पटक युरोपियन च्याम्पियनपसिप खेलेका हाजार्डले ५६ खेलमा कप्तानी गरे। हाजार्डले कतारमा समूह चरणका तीनै खेल खेले। क्यानडानविरुद्ध बेल्जियम १–० ले विजयी हुँदा उनकै गोल निर्णायक बनेको थियो। समूह चरणमै मोरक्कोसँग २–० ले पराजित भएर क्रोएसियासँग गोलरहित बराबरीमा रोकिँदा बेल्जियमको यात्रा समूह चरणमै सीमित भएको थियो। बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि विश्वकपबाट बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए। हाजार्ड सन् २०१९ मा इङ्लिस क्लब चेल्सीबाट करिब एक सय ५० मिलियन पाउन्डमा रियल म्याड्रिड पुगेका थिए। स्टाम्फोर्ड ब्रिजमा सात वर्ष बिताउँदा उनले दुई पटक प्रिमियर लिग, एफए कप, ईएफएल कप र दुई पटक युरोपा लिगको उपाधि उचालेका थिए।

    स्पेन पुगेयता चोटले ग्रस्त भएका हाजार्डले इङ्ल्यान्ड हुँदाको लय समात्न सकेका छैनन्। यद्यपि, उनले त्यहाँ दुई पटक ला लिगा र च्याम्पियन्स लिग जितेका छन्। गत मेमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा उनी प्रयोग नगरिएका सब्स्टिच्युट थिए। जारी सिजन उनले कार्लो एन्सेलोटीको म्याड्रिडमा ६ खेल मात्रै खेलेका छन्। उनले सन्न्यासको घोषणा गरेसँगै बेल्जियन फरवार्ड मिची बाट्सुवायीले ‘महान्’ भनेका छन्। यस्तै, बेल्जियन गोलरक्षक सिमोन मिन्योलेटले ‘सबै रमाइला क्षणका लागि धन्यबाद इडेन्…’ लेखेका छन्। उनको पूर्वक्लब चेल्सीले ‘बेल्जियमका सर्वकालीन महानमध्ये एक’ भनेर सम्बोधन गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑