• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्को विश्वकपमा ४८ टोली

  • वीरगंज संजाल
  • २२ मंसिर २०७९, बिहीबार १३:१७
  • १४२५

    वीरगंज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ, अर्को विश्वकपमा ४८ टिम हुनेछन्। सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप हालसम्मकै विशाल हुनेछ। यसको अर्थ कतारमा ‘कमजोर भनिएका’ धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने मौका पाउनेछन्। यो ती सबैका लागि सुखद् समाचार हो, जसले साउदी अरबले अर्जेन्टिनालाई हराउँदा, जापानले दुई विश्वकप विजेता स्पेन र जर्मनीलाई स्तब्ध पार्दा, मोरक्कोले बेल्जियम र स्पेनलाई प्रतियोगिताबाटै निकाल्दाको मजा लिए। चार वर्षपछि यस्ता धेरै सरप्राइजले पर्खिरहेका हुनेछन्। तर, अझै पनि विश्वकपको आगामी संस्करण अझै भव्य र विशाल हुन्छ भन्ने निश्चित छैन। एकातिर साउदीले यसपाली अर्जेन्टिनाविरुद्ध २–१ को जितसँगै दन्त्यकथा लेखे जस्ता धेरै अवसर हुनेछन्। अर्कातिर स्पेन र कोस्टारिकाको ७–० जस्ता एकतर्फी खेल पनि धेरै हुनसक्छन्। जारी विश्वकपमा इङ्ल्यान्डले इरानलाई ६–२, फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हरायो। कतार २२ औं संस्करणमा आएर उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक बन्यो। त्यसैले फिफाले अझै धेरै राष्ट्रको सहभागिता सुनिश्चित गरेसँगै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन अझै गृहकार्य गनुपर्ने देखिन्छ। ‘यसको अर्थ हामी १६ वटा राम्रा टिमलाई विश्वकपमा देख्न पाउने छौं,’ फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर भन्छन्। उनी फिफाको ४८ मुलुकको विश्वकप अझै उत्साहजनक हुनेमा विश्वस्त छन्। सबै महाद्वीपले धेरै टिमलाई सहभागी गराउने मौका पाउने र फिफाका दुई सय ११ वटै सदस्य राष्ट्रहरूका टिम मात्रै सहभागी हुने होइन, धेरैले प्रत्यक्ष हेर्ने र यसबाट फुटबलको विकास हुने आसमा फिफाले यो निर्णय गरेको हो। ‘यदि राष्ट्रिय टिमले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिने मौका पाउँछ भने त्यो देशमा निश्चय नै फुटबलको विकास धेरै हुन्छ,’ वेङ्गरले भनेका छन्। जारी विश्वकप मध्यपूर्वमा पहिलो पटक आयोजना भइरहेको हो।

    त्यति मात्र होइन, फुटबलको सबैभन्दा प्रिय ठाउँ युरोप र दक्षिण अमेरिकाभन्दा धेरै टाढा हो।
    मध्यपूर्वमा जारी विश्वकपका कारण फिफाकै पनि तीव्र आलोचना भयो। मैदान बाहिर जति विवाद् र आलोचना भएपनि मैदानमा भएका रोमाञ्चक खेलले ४८ टिम सहभागी हुँदा अझै भव्य र विशाल हुन्छ भन्ने संकेत यो संस्करणले दिइरहेको छ। फिफाले सन् २०१७ मा ४८ टिम हुने निर्णय गरेपछि विश्वकपको वास्तविक ढाँचा कुन हो ? भनेर धेरै प्रश्न पनि उठेका थिए। फिफाले सुरुआतमा तीन टिम सम्मिलित १६ टिम बनाउने संकेत गरेको थियो। जसको तीव्र आलोचनपछि फिफाले १२ समूह बनाएर प्रत्येक समूहमा चार टिम राख्ने सम्भावना छ। यद्यपि, वेङ्गरले भने यसबारे निर्णय भइनसकेको बताएका छन्। यसपालि कतारमा एसियाबाट जापानसहित तीन टिमले अन्तिम १६ मा स्थान बनाए। यसअघि दुई भन्दा धेरै एसियाली मुलुकले नकआउटमा स्थान बनाउन सकेका थिएनन्। समूह चरणमा अफ्रिकी टिमले सबैभन्दा धेरै अंक बटुले, मोरक्को साविक उपविजेता क्रोएसिया र विश्व नम्बर दुई बेल्जियम भएको समूहबाट विजेता बन्यो। अन्तिम १६ मा पनि स्पेनलाई पेनाल्टीमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्ने पहिलो टिम क्यामरुन बन्यो, यी सबै विश्वकपमा पहिलो पटक कतारमा सम्भव भए।‘विश्वकप कसरी अगाडि बढ्दै छ, त्यो हेर्नुहोस्,’ सेनेगलका मुख्य प्रशिक्षक अलियु सिसेले भनेका छन्, ‘अहिले ३० वर्ष अगाडि जस्तो छैन, जब ठूला माछाले साना माछा जिउँदै निल्थे।’

    कतारमा अन्तिम १६ सम्म पुगे पनि जापानी खेलाडी ताकेफुसा कुबो ‘उनीहरूले एसियालाई कमजोर आँक्ने’ बताउँछन्। घानाका प्रशिक्षक ओट्टो अड्डोले अफ्रिकाले धेरै क्वोटा पाउनुपर्ने र टिमहरूको अगाडि जाने मौका पनि धेरै भएको बताउँछन्। यद्यपि, विश्वकपको अन्तिम नतिजामा ४८ टिम नै सहभागी भएपनि खासै फरक हुनेमा विश्वस्त हुन सकिँदैन। अझै पनि दक्षिण अमेरिकी र युरोपेली मुलुकहरू नै ठूला माछा बनिरहेका छन्। हालसम्मका २१ वटा विश्वकप उपाधिमध्ये १२ वटा युरोपमा छन्। बाँकी ९ वटा दक्षिण अमेरिकामा छन्। विश्वकपको करिब १०० वर्षको इतिहासमा यी दुई महादेश बाहिरिका टिम फाइनलसम्म पनि पुगेका छैनन्। हालसम्मका ८४ मध्ये ८२ सेमिफाइनललिस्ट टिम पनि युरोपियन र दक्षिण अमेरिकी छन्। सन् १०३० मा अमेरिका र २००२ मा दक्षिण कोरियाले ती दुई महादेश बाहिरबाट विश्वकपको सेमिफाइनलमा स्थान बनाएका छन्। कतारमा समूह चरणमा अन्य महादेशका टिमले राम्रो प्रदर्शन गरे। तर, क्वार्टरफाइनलबाट मोरक्को मात्रै अगाडि जान सक्यो। सेमिफाइनल प्रवेशका लागि मोरक्कोले पोर्चुगलसँग खेल्ने छ। दक्षिण कोरिया, जापान, सेनेगल, अमेरिका र अस्ट्रेलिया अन्तिम १६ बाटै बाहिरिए। सिसेको अफ्रिकी च्याम्पियन टिम सेनेगल नकआउटमा इङ्ल्यान्डसँग ३–० गोल खाँदै बाहिरियो। एसियाली बरियताको तेस्रो स्थानको दक्षिण कोरिया पनि ब्राजिलसँग ४–१ को नतिजामा पराजित भयो। दक्षिण कोरियाली स्टार ह्युङ मिन सनले इर्ष्यालु अन्दाजमा भनेका थिए, ‘उनीहरूका खेलाडी त हेर…’तर, ठूलो प्रतियोगिताका अझै धेरै टिमलाई अवसर मिल्ने चाहिँ निश्चित छ। फिफाले बताएअनुसार सन् २०१८ विश्वकप संसारका आधाभन्दा धेरै जनसंख्या (३.५ बिलियन)ले हेरेका थिए। विश्व फुटबलको सर्वोच्च निकाय पिफाले कतारबाट पनि ७.५ बिलियन अमेरिकी डलर नाफा कमाउने निश्चित छ। सहभागी मुलुकको संख्या ३२ देखि ४८ पुगेसँगै विश्वकपले झन् धेरैसँग व्यापारको मौका पाउने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑