बारा । बारा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लागेको छ । आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनापत्रमा मतदानको कार्य सम्पन्न नभए सम्मका लागि बारा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुणर् रुपमा निषेध गरिएको जनाइएको छ ।
ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निणर्य कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नु भएको छ । तर यता पर्सा जिल्लामा भने खुलियान मदिराजन्य पदार्थ बिक्री वितरण भई रहेको देखिन्छ ।