वीरगन्ज । आमा छापको लागि मनौवर हुसेन पर्सा क्षेत्र नं. १ (ख) नै किन रोजे ? यो प्रश्न सबैको मनमा आइरहेको छ । हामिले मनौवर हुसेन लाइ शोध्योम पर्सा क्षेत्र नं. १ (ख) नै किन ? उन्ले निम्न कुराहरू बताए ।
अर्थतन्त्रलाई मुक्त गर्नको लागि प्रकृतिबाट प्राप्त एवम् मानव निर्मित श्रोत र साधनको अधिकतम उपयोग गर्दै बढी भन्दा बढी नेपाली उत्पादनमा आत्मनिर्भर बन्न तथा
नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहजीकरण हुने गरी नेपालवादको राष्ट्रिय नीति तर्जुमा र कार्यान्वयनको पहल गर्न । स्वदेशमै अवसरहरु सिर्जना गरी विदेशिएको जनशक्तिलाई मातृभूमिमै फिर्ता ल्याउने मेरो प्रतिबद्धता हो ।
स्वतन्त्र राजनीतिक शक्ति नेपालको संयोजक र नेपाल सुशासन पार्टीको उम्मेदवारको
हैसियतले पार्टीलाई प्रतिनिधि सभामा पुन्याउन । राष्ट्रियता, सुशासन, समृद्धि र नेपालवादको सिद्धान्त, आदर्श र दर्शन अनुरुपका
कानुनहरु निर्माण गर्न ।
२. पर्सा जिल्ला क्षेत्र नं. १ (ख) नै किन ?
मौलिक परम्परा, कला, संस्कृति र प्राचीन धरोहरको संरक्षण र सम्वद्धनमा क्रियाशील रहन्। सिरिसिया नदी किनारका सुकुमबासीको जीविकोपार्जन र वैकल्पिक स्थानमा वसोवास
व्यवस्थापन गर्न एवम् सुकुमबासी समुदायका बालबालिकाको लागि छात्रवृत्तिको
व्यवस्था गर्न र बृद्धबृद्धाको लागि जिवकोपार्जनको व्यवस्था मिलाउनको लागि।
लुकेका लुकाईएका उपयोगमा नआएका सरकारी जग्गा पहिचान गरी स्थानीय
पालिकासँगको समन्वयमा त्यस्ता जग्गामा उत्कृष्ट खालका ज्येष्ठ नागरिक केन्द्र र
उद्यान तथा पार्कहरुको निर्माण र संचालनमा सहजीकरण गर्न ।
आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था बनाई राख्न सम्पूर्ण वडाहरुमा
सी.सी.टी. भी. जडान गर्ने कार्यको सहजीकरण गर्नको लागि ।
नागरिकका पिरमर्का, गुनासा, सवाल र अन्य सरोकारका विषयमा नियमित छलफलको
व्यवस्था गर्दै तिनको उचित सम्बोधनको लागि उपयुक्त पहल र सहजीकरण गर्न गराउनको लागि ।
नगवा पोखरी सौन्दर्य गराई घडिहर्वा पोखरी जस्तो निर्माण गर्न गराउनको लागि ।
नारायणी उपक्षेत्रीय अस्पताललाई प्राईभेट अस्पताल सहरको सुविधा मिलाई व्यस्थित
गर्ने गराउनको लागि ।
वीरगंज रक्सौलको बिचमा पर्ने मितेरी नेपालको पहिचान झल्कीने गरी सौन्दर्य पुनः
निर्माण गरी शंकराचार्य गेट अझ राम्रो सौन्दर्य बनाई लैजानेको लागि ।
कृषि प्रधान देश भएर पनि किसानहरुलाई परेका पिरमरका र किसानहरुले भोगनु परेका
कृषि मल, उन्नत बिउको व्यस्था खेती लगाउन भन्दा पहिले गराउने र देशबाट पलायन
भई विदेशियका युवा युवतीहरुलाई कृषि पेशामा लगाई आत्मनिर्भर बन्नलाई
प्रोत्साहीत गर्न गराउनको लागि ।
शिक्षित, अशिक्षित बेरोजगार युवा युवतिहरुलाई स्वदेशमै रोजगारी सृजना हुने
खालको स्थानिय कल करखानालाई संचालन गराई स्वदेशमै रोजगारी सृजना गर्न
गराउनका लागि ।
विकास वजेट समग्र रुपमा मिडिया पत्र-पत्रिका अनलाईन मार्फत पारादर्सिता गरी
निम्न कार्य चुस्त दुरस्त पारी गर्न गराउनका लागि ।
पर्सा जिल्लामा कृषि पेशाले उबजाउ भूमिभएता पनि यहाँ किसानको मर्म र भावना
अनुसारको मुल्य किसानहरुले न पाउने गरेको बिचौलियाहरुले किसानको उत्पादनलाई
आफू खुशी मुल्यतोकी बाजारमा ठुला व्यापारीहरुलाई दिने गरेको तितोएथार्थ
सर्वविदितै छ । राज्यले किसानको पिरमरकालाई बुझि किसानको उत्पादन उचित
मुल्यमा बिक्री गर्न गराउनका लगि पहल गर्न ।