वीरगंज । भक्तपुरबाट प्रहरीले भन्सार छलेर ल्याएका दुईवटा गाडी बरामद गरेको छ । भन्सार छलीको गाडी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९ पलाँसे घर भएका २६ वर्षीय रविन ओझा छन् । पलाँसेबाट प्रहरीले टोयोटा कम्पनीको ‘इटिअस’ कार र सुर्यबिनायक–८ आदर्शचोकबाट फोर्ड कम्पनीको ‘इकोस्पोर्ट’ जिप बरामद गरेको छ ।
दुवै गाडीबारे थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा जिम्मा लगाइएको एसपी कोइरालाले जानकारी दिए ।