वीरगंज । नासाले च्यालेन्जर अन्तरिक्षयानको भग्नावशेषको एक हिस्सा प्राप्त गरेको पुष्टि गरेको छ । च्यालेन्जर सटल सन् १९८६ मा प्रक्षेपण गरिएको दुई मिनेटभित्रै विस्फोट भएको थियो, जसका कारण त्यसमा सबार सबै सात सदस्यको मृत्यु भयो ।
बिहीबार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले फ्लोरिडाको पूर्वी तटमा एक भिडियो खिच्ने टोलीले ती टुक्रा फेला पारेको बताएको छ । ती भिडियो टोली दोस्रो विश्वयुद्धमा खसालिएको विमान खोजी गरिरहेको बताइएको छ । भिडियोकर्मीहरुले खोजको क्रममा मानव निर्मित तत्व फेला पारेपछि ‘अन्तरिक्ष प्रक्षेपणस्थल’ नजिक रहेका हिसाबले उनीहरू नासाको सम्पर्कमा पुगेका थिए ।
सन् १९८६ को प्रक्षेपणअघि कर्मचारीहरूले सुरक्षा चासो देखाउँदा देखाउँदै पनि उक्त सटल प्रक्षेपण गरिएको थियो । पछि गरिएको अनुसन्धानले तरल पदार्थ चुहावट रोक्ने शटलको ओ–रिंग सीलहरूमा तापक्रमको गडबडीले उक्त दुर्घटना भएको पाइएको थियो । च्यान्जर पटकपटक प्रयोग गर्न सकिने दोस्रो अमेरिकी शटल थियो र विस्फोटअघि सन् १९८३ र १९८६ बीच यसले नौ पटक अन्तरिक्ष उडान सम्पन्न गरेको थियो । यस अवधिमा च्यालेन्जरमा पहिलो अमेरिकी महिला र पहिलो अफ्रिकी–अमेरिकी अन्तरिक्ष पुगेका थिए ।