वीरगंज । बाराकाे आर्दश कोतवाल गाउँपालिका–७ कोतवाली बस्ने आतित हुसेनको घरमा चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।
घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका–४ प्रशुरामपुर बस्ने २२ वर्षीय रहमान मियाँ अंसारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरीले चोरी गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा ईन्सासको गोली जस्तो देखिने २ राउण्ड गोली, चाँदीको पायल २ थान, कङगन २ थान र रेडिमेट गहना फेला पारी उनलाई पक्राउ गरेका हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।