• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हरेक पटक जनतालाई झुक्याउने काम मात्रै भयो

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७९, बिहीबार १८:४२
  • १४०९

    वीरगंज । मध्यविन्दु (नवलपरासीपूर्व)- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार मत माग्न गाउँ–गाउँ पुगेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेक प्रयास गरिरहेका भेटिन्छ । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । यतिखेर नवलपरासी पूर्वमा धान थन्क्याउने चटारोले किसानलाई भ्याइ नभ्याइ छ । कावासोती नगरपालिका–६ विष्णुनगरकी ७२ वर्षीया पूर्णकला भट्टराईलाई निर्वाचनमा भोट हालेको लामो अनुभव छ । विसं २०७४ को निर्वाचनमा भोट हाल्दा उत्पन्न भएको उत्साह अहिले बाँकी नरहेको उनी बताउँछिन् । किसानलाई बाली भित्र्याउन भ्याइ नभ्याइ छ । खेतबारीमा धान थन्काउन व्यस्त भट्टराईले भनिन्, ‘नेता आउँछन् भनेर घरमा उहाँहरूलाई कुरेर बस्न सकिन्नँ, हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामी किसानलाई मल, बीउ आदिमा सहयोग गर्ने भए पो ।’

    हरेक निर्वाचनमा दलहरूले बाँड्ने आश्वासनले न दैनिकी फेरिएको छ, न त गाउँमा कुनै समस्या समाधान नै भएको छ । ‘जनताका समस्याप्रति उम्मेदवारले चासै दिँदैनन्, हरेक पटक जनतालाई झुक्याउने काम मात्रै भयो,’ निर्वाचनमा दलहरूले दिने भाषण जनताका समस्याभन्दा माथिका हुने गरेको भट्टराईको गुनासो छ ।धान स्याहार्ने बेला छ । अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त देखिन्छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा खेतबारीमा भेटिन्छन् । त्यसैले उम्मेदवार पनि खेतमै पुगेर मत मागिरहेका हुन्छन् । कावासोती नगरपालिका–५ की लक्ष्मी सिग्देल उम्मेदवार घर पुग्दा खेतबारीमा धान स्याहार्न व्यस्त थिए । चर्काे घाममा ६० वर्षीया सिग्देल वर्षभरि खाने धान थन्क्याउन खेतमै व्यस्त छिन् । कृषि पेसाको आधुनिकीकरण, मल तथा बीउबिजनको सुलभता र कृषि उपजको बजारीकरण गर्ने नीति ल्याउने उम्मेदवारलाई किसानले मत दिने उनको भनाइ छ ।

    गाउँमा किसानका समस्या चर्का छन् । समयमा मल, बीउ उपलब्ध छैन, हरेक वस्तुमा दिनदिनैजसो मूल्यवृद्धि भइरहेको छ, लगानी धेरै गर्नुपर्ने तर सोचेअनुरूपको भाउ किसानले नपाउने गरेको देवचुलीका कृषक रामप्रसाद भण्डारी बताउँछन् । जुन उम्मेदवारले पनि भाषणमा मात्र यो वा त्यो समस्या समाधान हुन्छ भन्ने गरे पनि यस्ता समस्या समावेश नै नहुने उनको बुझाइ छ । बरू जनता कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र चुनाव जितिन्छ भन्ने मात्रै ध्यानमा दलहरू लागेको भण्डारीले बताए । आफूले जिते गाउँ र नगर समृद्ध हुने उम्मेदवारका दाबी अहिले पनि दोहोरिएका छन् । निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन् । हरेक पटक निर्वाचनमा नेताले आश्वासन दिने गरेकाले विश्वास नै लाग्न छाडेको भण्डारीले बताए । यता उम्मेदवारलाई पनि चुनावी प्रचार–प्रसारको हतारो छ । उम्मेदवारहरू किसानले लगाएको धानबारीमा देखिने गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑