• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भूत मेला

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १२:०८
  • १९७७

    वीरगंज । भूतको नाम सुन्नै बित्तिकै जो कोहीको जीउ सिरिङ हुन्छ । तर तराई मधेसमा एउटा यस्तो दिन हो, जुन दिन त्यसको मेला नै लाग्छ । छठ सम्पन्न भएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमा को दिन गंगा किसान, कमला नदीलगायत विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा टाढाका हिजो साँझदेखि हिँडेर या कुनै यातायातको साधनमा र नजिकका भक्तजनहरू गंगा तथा कमला नदी किनारमा पुगेका छन् । तराई मधेसमा परम्परादेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्दै बेवास्ता गर्न थालेका छन् भने बहुसंख्यले यसलाई धर्म र आस्थाका आधारमा मनाउँदै आएका छन् । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरू माटोले बनेको ढकनामा बलिरहेको आगो हातमा राखेर बेतको लाठी घुमाउँदै चर्को स्वरमा भुतहरू चिच्याउँदै गंगा तथा नदी किनारमा पुगेका हुन्छन् ।

    भक्तजनहरुले आआफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोल पिपही जस्ता बाजागाजाका साथ कमला नदीमा पुगेका छन् । तान्त्रिक विद्यासिद्धीका लागि आजको दिनलाई शुभ मान्ने गरेको छ र त्यो सिद्धिका लागि गंगा नदी र कमला नदीमा त्यसको मेला नै लाग्ने गरेको छ ।
    आगो बलि रहेको ढकना हातमा लिएर भुत खेल्दै नदी किसारसम्म पुग्दा पनि उसको हातमा केही भएको हुँदैन । त्यसले पनि पुष्टि हुन्छ कि वास्तममा यसमा दैवी शक्ति छ, सिरहा पटेर्वाका भोला यादव भन्छन्, ‘शिक्षा र चेतनाको विकाससँग कतिपयले भुत सुत केही होइन यी सबै अन्धविश्वास हो भन्छन् तर आजको दिन कमला नदीमा भिड हेर्दा लाग्छन् यसलाई अन्धविश्वास भन्नेहरु सबै ढोङ्गी हुन् जसले भुत प्रेतलाई अन्धविश्वास भनेका हुन्छन् उनीहरू पनि कमल स्नानका लागि आएका देख्छु म ।’ धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीको दुवै किनारमा आजको दिन निकै भीडभाड हुन्छ । भूत मेला हेर्नका लागि गाउँगाउँबाट त्यहाँ घुइँचो लागेका छन् । यो मेला नेपालको तराई मधेशका साथै भारत विहारमा प्रत्येक वर्ष लाग्ने गरेको छ । आजको दिन सिकारु धामीझाँक्रिहरुका लागि सिद्धिको दिन हो भने कुनै व्यक्तिमा भूत प्रेत छ भने त्यसलाई पनि हटाउने दिन रहेको सिरहाका धामी सालिग्राम ठाकुरले बताए । उनले भने, ‘जो दशैंमा नयाँ नयाँ धामी बनेका हुन्छन्, उसले आजैका दिन सिद्धि गर्न कमला स्नान वा गंगा स्नान जाने गरेका छन् ।’ घरबाट देउता खेल्दै नदीसम्म जानुपर्ने हुन्छ, बाटो भरी देउता तथा भूत खेल्दै गइरहेको दृश्य रमाइलो हुन्छ ।

    धामी ठाकुरका अनुसार मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रसिद्धीका लागि यो दिन पूर्णाहुती दिने चलन रहेको उनले बताए । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवी र गंगा नदीमा स्नान गरे गंगा देवीले तान्त्रिक विद्या सिद्ध बनाई दिने तथा घरका देवी (घरदेवता) शुद्धि हुने विश्वास लिएको छ । कमला तथा गंगा स्नान गरेर घर फर्किने बेला नदी किनारमा धामी झाँकीसहित अन्य भक्तजनहरु दही च्युरा खाने चलन रहेको छ । साथै घर फर्किने बेला भक्तजनहरु गंगा र कमलाबाट पानी (जल) लिएर पनि आउने गरेका छन् । त्यो पानीले घरपरिवार तथा घरका अन्य सदस्यलाई पनि चोखो बनाइने चलन छ । धामीझाँक्रीले महराई (एक प्रकारको गीत) गाउँदै त्यसको तालमा बजाएको ढोल, झाइलले भुत तथा देवता खेल्नेलाई झन उत्तेजित बनाएका हुन्छन् । धामीझाँक्रीले आफ्नो महराई (गीत) को तालमा भुत तथा देवतालाई खेलाई रहेका हुन्छन् । धामीझाँक्रीको महराई र ढोल, झाइलक तथा भुक्त, देवताको क्रमशः स्वरले एक प्रकारको भय उत्पन्न गरेका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑