बिरगंज । पर्सा क्षेत्र १ (ख) मा पाच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभा का उम्मेदवार लोसपा का लक्ष्मणलाल कर्ण र प्रदेशसभा का उम्मेदवार नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी को सन्युक्त घरदैलो कार्यक्रम आज बिरगंज १५ भिस्वा चौक बाट शुरु भएर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन । मतदाताहरु पनि दुबै उम्मेदवारहरु इमान्दार , बिद्धावान , कार्मठ बिकासप्रेमी कर्मठ सुयोग्य कर्मठ भएकोले अबिर टीका लगाइ मिठाई खुवाइ जित को आशिर्वाद दियेका थिए भने स्थानिय युवाहरु द्वारा साझागठबन्धन लाई समर्थन गर्दै नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका थिए , सो घरदैलोमा नेपाली काङ्ग्रेस को नेतृत्वमा गठबन्धनका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
घरदैलो कै क्रममा प्रतिनिधिसभा उम्मेदवार कर्णले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनले जहिले पनि देश जनता लोकतन्त्र संविधान को सेवा गर्दै आएको र बिरोधी एमाले-जसपा जस्तो देश जनता लाई भ्रममा पार्ने ठगबन्धन संग सबै सचेत रहन आवस्यक रहेको भन्दै देश जनता लोकतन्त्र संविधान जोगाउने ५ दलिय गठबन्धन का उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह गरेका छन । घरदैलो कै क्रममा विभिन्न पार्टी परित्याग गरि वडा १५ का स्थानिय २२ युवाहरुलाइ अबिर टीका लगाइ पार्टिमा प्रवेश गराउदै प्रदेशसभा सदस्य कुर्मिले युवाहरु देशका परिवर्तनका सम्बाहक भएकोले भ्रष्टाचारी मुख्यमन्त्री को साथै तिनका मतियार एमाले जसपा को ठगबन्धन लाई परास्त गरि भ्रष्टाचार लाई जडै देखि मेटाउन पाच दलिय लोकतान्त्रिक बाम गठबन्धन का सम्पुर्ण उम्मेदवारहरु लाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गर्नु भयो ।
अत्यन्तै लोकप्रिय युवा सन्जय सिंह , असगर अन्सारी,अमित कुमार,अमजद अन्सारी , अबुलेश अन्सारी लगायत स्थानिय २२ जना युवाहरु लाई नेपाली काङ्ग्रेस पार्टी मा प्रवेश गराउन नेपाल विद्यार्थी संघ पर्सा अध्यक्ष रमेश कुमार यादव, सचिव फिरोज अन्सारी, पुर्व वरिष्ठ उपाध्यक्ष साविर अन्सारी को विशेष योगदान रहेको थियो ।