वीरगंज । पर्साको वीरगञ्ज माहानगरपालिका वडा नं.२२ ड्राईपोट्र परवानिपुर सडकखण्ड स्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा मोटरसाइकल सवारी दुर्घटना भएको छ ।
ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली टिफर ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा ड्राईपोट्रबाट परवानिपुर तर्फ जादैँ गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार भएको मानिसहरूलाई करेन्ट लागी घाईते भएका थिए ।
घाईतेहरूलाई तत्काल उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याउने क्रममा घाईते मध्ये एक जना नागेन्द्र प्रसाद यादव नामको व्यक्तीको बाटोमा नै मृत्यु भएको छ । टिफरको चालक फरार रहेकोले खोजतलास भईरहेको छ।