• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विराट शिक्षण अस्पतालमा लाखौंको हिनामिना, १० कर्मचारी पक्राउ

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार १६:५४
  • १६२१

    वीरगंज । मोरङको बूढीगंगा गाउँपालिका-२ मा रहेको विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएको छ। रकम हिनामिना गरेको आरोपमा अस्पतालको बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारी पक्राउ परेका छन्। अस्पतालले दिएको जाहेरीका आधारमा प्रहरीले सुरुमा बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बूढीगंगा-२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान थाल्दा अनियमिततामा अरु कर्मचारीको पनि संलग्नता रहेको पाइएको हो। पक्राउ पर्ने अन्य कर्मचारीमा मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम रहेका छन्।

    मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीका अनुसार विष्ट र भट्टराईलाई गत कात्तिक ३ गते पक्राउ गरिएको हो। अन्य कर्मचारीलाई शुक्रबार पक्राउ गरिएको जानकारी उनले दिए। पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले बताए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ हिनामिना भएको खुलेको छ। पक्राउ परेकाहरुले अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको पाइएको कार्कीको भनाइ छ। नक्कली कारोबार गर्दै वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रुपैयाँ छुट देखाएर रकम घोटाला गरिएको अस्पतालले जनाएको छ।

    कर्मचारीले रकम घोटाला गरेको पत्तो पाएपछि कात्तिक ३ गते बसेको अस्पताल सञ्चालक समितिको बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो। मिलेमतोमा रकम घोटाला भएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाए। अस्पतालको आन्तरिक छानबिन र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ घोटाला गरेको खुलेको हो। सुरुमा भने अस्पतालले ५ करोड रुपैयाँ हिनामिना भएको दाबी गरेर प्रहरीमा जाहेरी दिएको थियो।’हिनामिना गरिएको रकम बढ्ने देखिन्छ। यसमा अरु कर्मचारी पनि संलग्न रहेको आशंका छ,’ अस्पताल स्रोतले भन्यो, ‘यस विषयमा थप अनुसन्धान अघि बढाउन प्रहरीलाई आग्रह गरिएको छ। अस्पतालले पनि आन्तरिक हिसाबले छानबिन गरिरहेको छ। अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको पाइएपछि उजुरी गरिएको र प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिए। रकम हिनामिनासँग जोडिएको थप विषय प्रहरीको अनुसन्धानपछि खुल्ने निरौलाको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑