वीरगंज । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटामा शिवलिङ्ग फेला परे पछि स्थानियहरुले पूजा आरधना गर्न थालेका छन् । निचुटा गाँउको उतर पश्चिम तर्फको भलुवाही खोला बगरमा केहि स्थानियहरुले शनिबार विहान करिब ११ बजे खर काट्ने क्रममा नाग आकृति भएको ढुङ्गा फेला परेको छ ।
नाग आकृति भएको ढुङ्गा फेला परे पछि त्यसलाई शिवलिङ्गको संज्ञा दिइदै स्थानियहरुले पूजा आराधना गर्न थालेका छन् । भागवान शिवको वास स्थान भएको भन्दै सो अद्भुत ढुङ्गालाई स्थापित गरेर पूजापाठ गर्दै गाँउभरी नै प्रसाद बाँडन थालिएको छ । नाग आकृतिको अद्भुत ढुङ्गाको पूजा आराधना गरिराखिएको तस्वीर तथा भिडियो समाजिक संजालमा राखिएपछि अहिले चर्चा पाएको छ ।
त्यो अद्भुत ढुङ्गालाई स्थानियले भागवानको संज्ञा दिएपछि आईतबार विहान देश तथा छिमेकी मुलुक भारतबाट कतिपयहरु हेर्न तथा दर्शन गर्न पुगिरहेका छन् भने कतिपयले त्यसलाई अन्धविश्वास भनि टिकाटिप्पणी गर्न थालेका छन् ।