वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो ।
स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेको थियो । थापाले काठमाडौं ४ नै रोजेका छन् ।
उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा काठमाण्डौ ४ बाटै सांसदमा निर्वाचित भएका थिए ।