• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा स्वास्थ्य संस्था अस्तव्यस्त

  • वीरगंज संजाल
  • ६ आश्विन २०७९, बिहीबार १२:२७
  • १९१७

    सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित अधिकांश स्वास्थ्य संस्था अस्तव्यस्त छन् । ती स्वास्थ्य संस्थाहरू भवन, कर्मचारी र औषधिको मार खेपिरहेका छन् । जसले नागरिक स्वास्थ्य संस्थाबाट सहज उपचार सेवा पाउन सकिरहेका छैनन् । बलरा नगरपालिका–५ अर्नाहास्थित स्वास्थ्य चौकी तीनकोठे भवनमा छ । तर तीनै कोठा काम लाग्ने अवस्थाका छैनन् । वर्षाको बेला तीनै कोठा चुहिने गरेका छन् । त्यहाँ कार्यरत कर्मचारी कतिपय अवस्थामा छाता ओढेर सेवा दिने गरेको बताउँछन् । पानी चुहिएकै कारण स्टोरमा राखिएको औषधि बिग्रने गरेका छन् । शौचालय र खानेपानीसमेतको यस स्वास्थ्य चौकीमा अभाव छ । यहाँका कर्मचारीहरू खुला रूपमा शौच जाने गरेका छन् । भवनको अभाव खेपिरहेको यो स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि पनि छैन । यहाँ बेलाबेला नागरिकलाई सिटामोलसमेत पाउन धौधौ पर्ने गरेको छ । औषधि नै नपाउने भएपछि सर्वसाधारण स्वास्थ्य संस्थामा जानै छाडेका छन् । स्थानीय लालो मण्डलले अव्यवस्थित भवन तथा औषधि अभाव रहेकाले स्वास्थ्य संस्थामा जानै छाडेको बताइन् । मण्डलले स्वास्थ्य संस्थामा महिला कर्मचारी नरहेकाले यस भेगका महिलाहरूलाई आना समस्या राख्न पनि कठिनाइ हुने गरेको गुनासो पोखिन् । उनले केही दिन अघिसम्म यो स्वास्थ्य संस्थामा दुई जना महिला कर्मचारी भए पनि उनीहरू शौचालय नभएका कारण पानी नै नखाई सेवा दिइरहेको जानकारी दिइन् । तर लामो समयसम्म शौचालयको व्यवस्थापन हुन नसक्दा उनीहरू यहाँबाट सरुवा भएर गएकी उनले बताइन् । ‘यो नाम मात्रको स्वास्थ्य चौकी हो, न यहाँ व्यवस्थित भवन छ, नत महिला कर्मचारी नै, औषधि पनि मुस्किलले पाउँछ,’ उनले भनिन् ।

    स्वास्थ्य चौकी अर्नाहाका प्रमुख सिनियर अहेव राम बचन साहले भवन चुहिने, झ्याल, ढोका सडिसकेको तथा शौचालय र खानेपानीको अभाव झेलेर काम गरिरहेको जानकारी दिए । खुला शौच गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै साहले वर्षाको बेला यो स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न झन कठिनाइ भोग्नु परिरहेको बताउँछन् । उनका अनुसार वर्षाको बेला छत चुहिएर ओत लाग्न पनि समस्या हुने गरेको छ । ‘शौचालय र खानेपानीको समस्यै छ, भवनको झ्यालढोकाहरू मक्किसकेका छन्,’ उनले भने, ‘वर्षाको बेला स्वास्थ्य चौकीमा बस्न सक्ने अवस्थै हुँदैन ।’ भवन पुरानै भएर सेवा दिन कठिनाइ भएपछि नयाँ भवन बनाउन वडाले पहल पनि नगरेको होइन तर राजनीतिक किचलोका कारण सफल हुन सकिरहेको छैन । यहाँ तीन वर्ष अघि निर्माण थालिएको स्वास्थ्य चौकीको भवन अलपत्र छ । उपभोक्ता समितिमा तत्कालीन मेयर र वडाध्यक्षबीचको किचलोले भवन बन्न सकेको छैन । स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक वर्ष ०७७/०७८ मा १२ लाख २० हजार खर्चगरेर वडाले जग निर्माणको काम सकेको थियो । तर आर्थिक वर्ष ०७८/०७९ मा भवन बनाउनकालागि २० लाख विनियोजन गरिएकोमा वडाध्यक्ष मनोज मोहन सिंह र तत्कालीन मेयर अभयकुमार सिंहबीचको राजनीतिक टकरावका कारण कामै हुन नसकी रकम फ्रिज भयो । वडाध्यक्षले उपभोक्ता समिति बनाएर कामको सुरसार गर्न खोजेकोमा तत्कालिन मेयर अभय सिंहले आफूनिकट दलका कार्यकर्ता उपभोक्ता समितिमा हुनुपर्ने अड्डी कसेपछि कामले गती लिन सकेन । नागरिकले व्यवस्थित स्वास्थ्य चौकी खोजिरहेका बेला भवन निर्माण अलपत्र छ । वडाध्यक्ष सिंहले पालिकाको नेतृत्व परिवर्तन भएपछि यस वर्ष १० लाख विनियोजन गरी भवनको काम अगाडि बढाइने बताए । ‘गत वर्ष तत्कालीन मेयर सावले कामै गर्न दिनुभएन, जसले स्वास्थ्य संस्थाको भवन अलपत्र बन्यो,’ वडाध्यक्ष सिंहले भने, ‘अब नेतृत्व परिवर्तन भएको छ, यो वर्षदेखि अलपत्र भवनको काम सुरु हुन्छ ।’

    यस्तै बलरा नगरपालिका–१० सुदामामा वडा कार्यालयको भवनमा दुईवटा सानो कोठाबाट स्वास्थ्य चौकी सञ्चालनमा छ । तर व्यवस्थित छैन । यहाँ पनि पर्याप्त मात्रामा औषधि उपलब्ध छैन । व्यवस्थित हुन नसकेको यो स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र नर्सिङ स्टापको अभाव छ । ४ जना पारामेडिस्टको भरमा स्वास्थ्य चौकी चलिरहेको छ । बलरा–४ र ६ को स्वास्थ्य चौकी पनि वडा कार्यालयबाट नै सञ्चालनमा छन् । यहाँको अवस्था पनि सुदामा जस्तै छ । वडाले उपलब्ध गराएक् ोएउटा सानो कोठाबाट स्वास्थ्य चौकी सञ्चालन गर्नुपर्ने बाध्यता छ । जसले त्यहाँका बिरामीलाई स्वास्थ्य चौकीबाट सेवा लिन तथा कर्मचारीलाई काम गर्न कठिनाइ भोग्नुपरिरहेको छ । बलरा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बालकिशोर यादवले पालिकाका अधिकांश स्वास्थ्य चौकीहरू वडाको भवनबाट सञ्चालनमा आइरहेको जानकारी दिए । उनले यहाँका स्वास्थ्य चौकीहरूमा भवन र कर्मचारी अभाव रहेको जानकारी दिए । बलरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश महतोले औषधि खरिदको प्रक्रियामा रहेकाले तत्कालका लागि जिल्ला अस्पतालबाट औषधि मागेर काम चलाइरहेको बताए । बलरा नगरपालिकाका मेयर रामाशंकरप्रसाद कुशवाहाले स्थानीय तह गठनपश्चात् बलराका स्वास्थ्य संस्थामा जनप्रतिनिधिको ध्यानै नपुगेको जानकारी दिए । उनले पुराना नेतृत्वले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक स्वार्थ मात्र खोजेको आरोप लगाए । मेयर कुशवाहाले पालिकाको १० वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रको ब्यवस्थापनमा आफू जुटेको बताए । ‘पालिकाको स्वास्थ्य संस्थाहरूलाई व्यवस्थित बनाउने प्रयासमा जुटेको छु, हरेक स्वास्थ्य चौकीको आनै भवन होस र व्यवस्थित होस् भन्ने मेरो योजना छ,’ उनले भने, ‘यस पटकदेखि बजेट छुट्याई योजनाअनुरूप काम अगाडि बढाएका छौं । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑