वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीमा लाग्ने पशु हाटबजारको उद्घाटन गरिएको छ ।बिहीबार आयोजित कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले हाट बजारको उद्घाटन गरेकी हुन् ।
विजयवस्तीमा हरेक आइतबार र बिहीबार गरि साताको दुइ दिन पशु हाटबजार लाग्ने बजार समितिका अध्यक्ष हरि प्रसाद सिलवालले जानकारी दिए । हाट बजारले यस क्षेत्रका किसानलाइ पशुपालन तिर आकर्षित गर्ने र यसबाट किसान मात्रै नभइ यस क्षेत्रका सर्वसाधरण पनि लाभान्वित हुने बताइएको छ ।
हाट बजारको उद्घाटन कार्यक्रममा ठोरी ४ का वडाअध्यक्ष मान बहादुर थिङ , नेकपा एमालेका युवा नेता खगेन्द्र श्रेष्ठ , पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डाक्टर हरेराम प्रसाद यादव , डाक्टर पुष्पेन्द्र साह, डाक्टर दिनेश कुमार तिवारी , जिराभवानी गाउपालिकाका पशु शाखा प्रमुख छत्र बहादुर साह , ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्याम कृष्ण श्रेष्ठ , सशस्त्र प्रहरी निरीक्षक दिपक नापित लगायतको पनि उपस्थिती रहेकोे थियो । हिरा बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन स्थानीय गोपि श्रेष्ठले गरेका थिए ।