• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैंका लागि गाडीको टिकट बुकिङ अनलाइनबाटै

  • वीरगंज संजाल
  • २३ भाद्र २०७९, बिहीबार १२:३८
  • २५३३

    वीरगंज । यसपालि दसैंका लागि अनलाइनबाटै टिकट बुकिङ गर्न पाइने भएको छ। विगतमा सर्वसाधारणले टिकट बुकिङ गर्न लाइन लाग्नुपर्ने बाध्यता थियो। यसपालिदेखि भने त्यो बाध्यता हटेको छ। असोज १ गतेबाट अनलाइन टिकट बुकिङ गर्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले बताए। यात्रुको सहजताका लागि अनलाइन बुकिङ प्रक्रिया सुरु गर्न लागेका हौं। अनलाइन पूर्णरूपमा सम्भव नहुन सक्छ,’ पाण्डे भन्छन्, ‘गाडी कुन भन्ने ठेगान छैन।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय यातायात व्यवसायी महासंघ, सडक विभाग, ट्राफिक प्रहरीलगायतको बुधबारको संयुक्त बैठकले असोज १ गतेबाट अनलाइन बुकिङ खुला गरेको हो। मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात प्रयोगकर्ताले टिकट बुकिङ गर्न पाउनेछन्। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने, गराउने निर्णय भएको छ।

    अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी अनुगमन प्रभावकारी अनुगमन गर्ने, गराउने निर्णय भएको महानिर्देशक डा. पाण्डेले बताए। अनाधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य पूर्णतया बन्द हुने भएको छ। यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय भएको छ। तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारी भने बन्देज नै रहनेछ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बताए। असोज १० गते घटस्थापना र १९ गते विजयदशमी छ। अधिकांश मानिस घटस्थापनापछि घर जान सुरु गर्छन्।

    तर, यसपालि भने वर्षात् अझै सकिएको छैन। ठाउँठाउँमा बाढीपहिरोले गर्दा यात्रा कष्टकर देखिने व्यवसायीले आकलन गरेका छन्। वरिष्ठ उपाध्यक्ष सिटौलाले वर्षात् नरोकिएका कारण यात्रा असहज हुन सक्ने बताए। ‘बाढीपहिरो कायमै रहेकाले समयमै गाडी आउँछन् कि आउँदैनन् भन्ने चिन्ता छ’ उनले भने। प्राकृतिक प्रकोपका कारण गाडी समयमा नआउने समस्या भए पनि टिकट बुकिङ सुरु गर्ने उनको भनाइ छ। ‘जोखिम लिएर अग्रिम खोल्ने निर्णयमा सहमति गरेका छौं’ सिटौलाले भने। चाडपर्वलगत्तै मंसिर ४ गते निर्वाचन तय भएको छ। त्यसैले दसैंमा घर फर्किनेको संख्या अत्यधिक हुन सक्ने व्यवसायीले आकलन गरेका छन्। रुट परमिट नचाहिने व्यवस्थाले सर्वसाधारणले जहाँको गाडी पनि रिजर्भ गरेर घर जान सहज हुने सिटौला बताउँछन्। यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १६ गतेदेखि २२ गतेसम्म नारायणहिटीदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक्ने निर्णय भएको छ। मुख्य सडक मर्मत, सम्भार गरी यातायात सञ्जाल सहज बनाउन सम्बन्धित निकायलाई अनुुरोध गरी पठाउने निर्णय भएको महानिर्देशक पाण्डेले बताए। कोभिड—१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्न गरी सवारी सञ्चालन गर्नुका साथै खाना खाने ठाउँमा भीडभाड नहुने व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑