• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक सञ्जालमा चर्किँदो द्वन्द्व

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार १३:००
  • ३७१७

    वीरगंज । आजको विश्व मानव समाज विगतमा जस्तो टाढा, ढिलो र बेखबर छैन । विद्युतीय सञ्चार माध्यममार्फत पलभरमै सबैखाले सूचना लिन–दिन सकिन्छ । यसका लागि सबैभन्दा छिटो र सजिलो माध्यम भनेको सामाजिक सञ्जाल नै हो । यो २१औँ शदीको मानव समुदायको सिङ्गो सामाजिकी बन्न पुगेको छ । कतिसम्म भने अब सामाजिक सञ्जालबिनाको कुनै व्यक्ति, वस्तु, संस्था, सत्ता र क्रियाकलाप कल्पना नै गर्न सकिन्न । यो मानव समुदायको अभिन्न अर्थराजनीतिक जीवन पद्धति बनिसकेको छ । यसलाई कुनै पनि कारण वा बाहनामा अलग राख्न खोज्नु मूर्खता मात्र हुन्छ । कसैले त्यस्तो सोच राख्छ भने त्यो सरासर बनिबनाउ हावादारी कल्पना मात्र हुनेछ ।वस्तुतः सूचना–सञ्चार प्रविधि सबैको पहुँचमा पुग्नु सुखद गर्वको विषय हो । यसको अधिकतम वैज्ञानिक, वस्तुवादी र व्यावहारिक उपयोगबिना कुनै पनि समाज अघि बढ्नसक्दैन । यो हामी सबैको वास्तविकता हो । यद्यपि यसो भनिरहँदा यसको उपयोग गर्ने कि दुरुपयोग भन्ने कुराले धेरै विषय निर्धारण गर्दछ । सञ्जालको उचित उपयोगले उत्पादनशील, सिर्जनशील र समाजोपयोगी काम गर्दछ भने दुरुपयोगले अनावश्यक दुस्मनी, दुराशय, दुराग्रह र अनुत्पादक आडम्बरी संस्कार मात्र सिकाउँछ । आज संसारैभरि सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ । यो सर्वाधिक खुसीको कुरा हो । यद्यपि उत्पादनशील उपयोग र दुरुपयोगमा मात्र यसको सिर्जनशील औचित्य छ छैन भन्ने प्रष्ट हुन्छ ।

    नेपालमा पनि सञ्जाल प्रयोगकर्ता नाटकीय रूपमा बढेको छ । यो कुनै खास अनुसन्धान गरेर निकालिएको आँकडा भने होइन । यो उपयोगभन्दा बढी दुरुपयोग भइरहेको प्रतीत हुन्छ । ध्यान केन्द्रित र समयावधिका आधारमा यसमा विभिन्न किसिमका प्रयोगकर्ताहरू छन् । तिनीहरूमध्ये पहिलोमा पूर्णकालीन, दोस्रोमा अद्र्धपूर्णकालीन, तेस्रोमा अल्पकालीन र चौथोमा शून्यकालीनहरू रहेका छन् । यद्यपि शून्यकालीनहरू नगण्य सङ्ख्यामा छन् । पूर्णकालीनहरूले सामाजिक सञ्जाललाई लतकै रूपमा प्रयोग गर्छन् । उनीहरूले उत्पादनशीलभन्दा अनुत्पादक ढङ्गले यसको दुरुपयोग गरिरहेको देखिन्छ । सञ्जालको लतमा खाना र सुत्न पनि भुल्ने गर्दछ । यता अर्धपूर्णकालीनहरू पनि हाम्रो समाज समाजवादउन्मुख भनेजस्तै लतोन्मुख हुन्छन् । उनीहरू पनि खाना र सुत्न त्यति मन गर्दैनन् । अल्पकालिकवालाहरू औसत प्रयोगकर्ताभित्र पर्दछ । उनीहरू अति उग्र र अति व्यग्र र अति मन्द हुँदैनन् । उनीहरू भने केही कामसहित खाना र सुत्नमा पनि सचेत हुँदै सञ्जाल प्रयोग गर्दछ । यसलाई सापेक्षित सही र व्यावहारिक मान्न सकिन्छ । शून्यकालीनहरू असाध्यै न्यून छन् । यसको हाम्रो सामाजिकीमा त्यस्तो धेरै स्वार्थ अवसर केही देखिँदैन । यसका नकरात्मक सकरात्मक प्रभावहरू पनि नगण्य नै छ । उनीहरूलाई अरूभन्दा निःस्वार्थी र सन्तोकी भनेर संज्ञा दिन सकिन्छ । यसरी सामाजिक सञ्जालको प्रयोग गर्नु सही कि गलत भन्ने कुरा योजना, उद्देश्य र परिणाममा निर्भर हुनेगर्दछ । सही प्रयोजनमा चलाउँदा उपलब्धिपूर्ण हुन्छ भने गलत प्रयोजनमा चलाउँदा नोक्सान हुन्छ । पछिल्लो समय हाम्रो समाजमा उत्पादनशीलभन्दा अनुत्पादनशील प्रयोजनमा यसको अध्यावधिक प्रयोग भइरहेको पाइन्छ । यसले लाखौँ उत्पादनशील जनशक्ति वा श्रम खेर गइरहेको छ । उत्पादन गर्ने उमेर समूहका प्रयोगकर्ताहरू उत्पादनमा लाग्न छोडेर सञ्जालमा लाइक र कमेन्ट खिपेर बसिरहेका छन् । सिर्जनशील दिमाग र हातहरू चोटिलो, घोचिलो र पेचिलो वाक्य र पदावलीहरू दिमागी शब्दकोशमा खोजेर गम्दा समय बितेको थाहै पाउँदैनन् । कतिपय प्रयोगकर्ताहरू त एकोहोरै सञ्जालभित्र चुर्लुम्म डुब्दा डिप्रेसनको सिकार पनि भइरहेका छन् । यसले सञ्जालको चरम दुरुपयोग भइरहेको सङ्केत गर्दछ ।

    त्यति मात्र होइन, पछिल्लो समय सामाजिक सञ्जालमै पक्ष र विपक्षमा तल्लो स्तरको गालीगलौज, आरोप–प्रत्यारोप, समर्थन र विरोध अनि आफ्नो र पराइ कित्ताकाट गरेर अभिव्यक्त गर्ने संस्कृति मौलाइरहेको छ । आफ्नो, मन परेको र स्वार्थ मिल्नेहरूलाई निरपेक्ष अतिदेवत्वकरण, अधिमूल्याङ्कन, अन्धाभक्ति, अति समर्थन, अति प्रसंशा र अति महिमामण्डन गर्ने गलत प्रवृत्ति बढेको छ । उता विरोधी, मन नपरेका र स्वार्थ नमिल्नेहरूलाई अति राक्षसीकरण, अति विरोध, अति आलोचना, अति गाली, अधि अवमूल्यन र अति विरोध गर्ने परम्परा झाँगिएको छ । जताबाट हिसाब गरे पनि यी दुवै प्रवृत्ति गलत हुन् । किनभने कुनै पनि व्यक्ति, वस्तु वा सत्तालाई माग सापेक्ष विकास गराउने हो भने त्यसप्रति आलोचनात्मक दृष्टिकोण राख्नैपर्दछ । वस्तुप्रति आलोचनात्मक हुनु भनेको त्यसलाई निषेध र विरोध गर्नु होइन । त्यसको सकरात्मक र नकरात्मक दुवै पक्षहरूलाई मिहिन ढङ्गले केलाउनु हो । आलोचनात्मक विरोध र समर्थन गर्नु भनेको सहीलाई निरन्तरता दिँदै गलतलाई सच्याउनु हो । यो व्यक्ति वा वस्तुलाई रूपान्तरण गर्ने वैज्ञानिक र भरपर्दो विधि हो । अति देवत्वकरण र अति राक्षसीकरणले अन्ततः विकास नभएर विनाश मात्र गराउँछ । यसरी वस्तुलाई विकास गर्न सकिएन भने त्यो आफ्नै आन्तरिक कारणले विनाश हुन्छ । यो व्यक्ति, वस्तु र सत्ता विकास र विनाश सम्बन्धी सार्वभौम द्वन्द्वात्मक नियम हो ।

    वस्तुतः नेपाली सञ्जालमा हामीले स्वाभाविक रूपमा सोचेभन्दा धेरै कुरा हुन थालेको छ । कतिसम्म भने सञ्जालमै राजनीति, कूटनीति, रणनीति र प्रचार सबै हुन थालेको छ । यसैमा रमाउने, चिढ्याउने, स्थापित, विस्थापित समर्थन, विरोध, सफल र असफल निर्भर हुँदैछ । अझ उफ्रिने, थच्चिने, आत्तिने, मात्तिने, पात्तिने, रिसाउने, खुस्याउने, रुवाउने र हँसाउने पनि सञ्जाल नै भएको छ । त्यति मात्र होइन, थर्काउने, गलाउने, बजाउने, हराउने अनि तह लगाउने सबै यसैमा अन्तरनिहित छ । गाली, ताली, बोली, वाणी र वक्तव्यबाजी यसैमा हुँदैछ । यता आन्दोलन, धर्ना, मुद्दा, हुद्दा अनि भिडभाड सबै यहीँ भइरहेको छ । खुइल्याउने र पुलपुल्याउने दुबै यसैको साहरामा बाँचेको छ । सञ्जालमै काम, माम र हाम हुन थालेको छ । हुँदा–हुँदा अहिले त सञ्जालमै प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, अध्यक्ष, डाइरेक्टर, स्वकीय सचिव र सल्लाहकार सबै बन्न थालेको छ । यो अर्को खुसीको कुरा हो । सामाजिक सञ्जालको यस्तो बहुआयामिक चरित्र देखेर दङ्ग नपर्ने कोही छ जस्तो लाग्दैन । यसलाई अन्यथा मान्न हुँदैन । त्यति मात्र होइन । अझ अघि बढ्दैजाँदा आजकल सञ्जालमा भड्किलो, उत्तेजित र उत्ताउलो द्वन्द्व पनि हुन थालेको छ । घोचिलो र पेचिलो टिप्पणीहरू खिपिन थालेको छ । तल्लो स्तरको गालीगलौज र विवेकशून्य भनाइहरू ओइरिन थालेको छ । अतिदेवत्वकरण र अति राक्षसीकरणको वर्षा बर्सिन थालेको छ । असभ्य, असङ्गतिपूर्ण र अस्वाभाविक पदावलीहरूले सञ्जालका भित्ता भरिन थालेका छन् । अति तरङ्गित र अति उद्वेलित अभिव्यक्तिहरू पोखिन थालेका छ । घमण्ड र उन्मादहरू उम्लिन थालेको छ । अन्धभक्ति र अन्धविरोधको पराकाष्ठामा निस्किएको लाइक र कमेन्टको यौगिक रागले सामाजिक सद्भाव र एकरूपतामा बनाइएका शान्त पोखरीहरू छचल्किन थालेका छन् । धरातलीय यथार्थमा राम्रोसँग नटेकी समर्थन र विरोधको रस्साकस्सीमा झुन्डहरू विभाजित भएर तानातान गरिरहेका छन् । तथ्यलाई राम्रोसँग नबुझी एकापट्टिको डोरीमा झुन्डिएर हल्ला–खल्ला गरिरहेका छन् । यही हल्लाकै पछि लागेर सञ्जालमा एकोहोरो विश्लेषण र संश्लेषणसँगै बहस–पैरवी र तर्ककुतर्कहरूमा उत्रिएका छन् हाम्रा विद्वान् मित्रहरू । यस्तो रवैया पक्ष र विपक्षमा उभिएर टक्कर लिँदा स्वादिलो भए पनि समग्र सामाजिक थिति र सङ्गति बसाल्ने कोणबाट नियाल्दा गलत सावित हुनेछ ।

    जमाना पनि कहाँ पुगिसके छ ? विगतमा खुला आकाशमुनि विरोध प्रदर्शन, हड्ताल, चक्काजाम, मसाल जुलुस, ¥यालीलगायतका आन्दोलनका स्वरूपहरू थिए । यसमार्पmत सरोकारवाला निकायहरूलाई दबाब दिइन्थ्यो । तर आज कहीँकतै जानुपर्दैन । ओच्छ्यानमा सुतेर, कुर्सीमा बसेर, यात्रामा ढल्केर, जात्रामा रमिते बनेर अनि चौतारीमा गफ हाँक्दै सञ्जालजन्य घोचिलो पेचिलो आन्दोलन गर्न सकिन्छ । यसमा भौतिक रूपमा श्रम गर्नुपर्दैन । त्यसैले यसलाई कतिपयले अल्छे आन्दोलन पनि भन्ने गर्दछ । यद्यपि यस आलेखमा आन्दोलनको स्वरूप बदलिएको भन्दा पनि यसले अङ्गीकार गरेको गलत संस्कारप्रतिको चिन्ता हो । सामाजिक सञ्जालको दुरुपयोगद्वारा समाजमा सही सामाजक थिति, संस्कार र सकरात्मक मनोविज्ञानहरू बसाल्न सकिँदैन । यस्तो स्वार्थी र अवसरवादी गलत प्रवृत्तिले हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ । यसमा सबै सञ्जाल प्रयोगकर्ताहरू गम्भीर बन्न जरुरी छ । पछिल्लो समय कसैलाई उचाल्ने र पछार्ने नाममा हदैसम्मका तुच्छ गालीगलौज र असभ्य भाषा र बोलीचाली अत्यधिक प्रयोग भइरहेको देखिन्छ । यो तपाईं हाम्रा लागि विडम्बनाको विषय हो । सञ्जालमा अभिव्यक्त भाषा शिष्ट, सभ्य र राजनीतिक भावमा अभिव्यक्त हुनुपर्दछ । पाँडे गालीको बोली बोल्नु हुँदैन । विरोध पनि आलोचनात्मक चेतद्वारा निर्देशित हुनुपर्दछ । तर अब त सामाजिक सञ्जाल खोल्न पनि डरसरी भइसकेको छ । किनकि सामाजिक सञ्जाल खोल्नेवित्तिकै तथानाम गालीगलौजको वर्षा मात्रै देखिन्छन् । यसले हाम्रो समाजको सभ्यता र अनुशासनको असली स्तर छर्लङ्ग हुन्छ । यस्तो प्रवृत्तिलाई प्रश्रय दिँदै जाँदा हाम्रो समाज कस्तो बन्ला चिन्ताको विषय हो । यस्तो संस्कारले हामी कहाँ पुग्छौँ ? हाम्रो समाजको भाष्य, मनोविज्ञान, संस्कृति, विवेक, चालचलन, सभ्यता र संस्कार कस्तो बन्ला ? सचेत नागरिकहरूका लागि यो विचारणीय सवाल हो ।

    त्यसैले हामी सभ्य र स्वाभिमानी नेपालीहरू सामाजिक सञ्जालमा धेरै नबहकिऔँ, नछचल्किऔं अनि नपोखिऔं । छचल्किनै परे सभ्य, शिष्ट र शालीन भावमा पोखिने गरौँ । अति देवत्वकरण र अति राक्षसीकरण दुवै नगरौँ । अति प्रसंशाले आवश्यकताभन्दा बढी हौसिन्छ भने अति विरोधले औसतभन्दा बढी निराश बन्दछ । दुवै प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । व्यक्ति र वस्तुप्रति आलोचनात्मक दृष्टिकोण राख्ने गरौँ । अति उन्माद, अति घमण्ड, अति उत्साहित र अति महत्त्वाकाङ्क्षी पनि नबनौँ । अति निराशा र कुण्ठा बोकेर संसारै अँध्यारो पनि नदेखौँ । सापेक्षित वा औसत आशा, आकाङ्क्षा र उत्साह राखौँ । अरूलाई खुइल्याउँदा आफूले र आफूलाई खुइल्याउँदा अरूले आनन्द महसुस गर्ने प्रतिशोधी संस्कारलाई निरुत्साहित गरौँ । यसो गर्नका लागि आजैबाट भड्किलो, उत्तेजित र तरङ्गित अभिव्यक्तिहरू बन्द गरौँ । यसले सामाजिक सञ्जालमा अनावश्यक युद्ध र द्वन्द्व सिर्जना गर्दछ । आखिर सञ्जालको द्वन्द्व छताछुल्ल हुने समाजमै हो । सही सवालको उठान र बैठान सभ्य राजनीतिक भावमा पनि अभिव्यक्त गर्न सकिन्छ । घोचिलो, पेचिलो र आग्रह–पूर्वाग्रहका शब्दहरू खिप्ने र बुन्ने मित्रहरूलाई अरू उत्पादनशील र सिर्जनशील काममा लाग्न सुझाव दिन मन लागेको छ । कुनै पनि व्यक्ति, वस्तु र सत्तालाई निरपेक्ष पूर्ण र समाधनको रूपमा होइन, सापेक्षित हल भनेर मात्र बुझ्ने गरौँ । सञ्जालमा अनावश्यक तरङ्गित अभिव्यक्ति दिएर अरूलाई उक्साएर उन्मादी बनाएर बर्बाद नगरौँ अनि जानीजानी असफल नपारौँ । यहाँ कुरा खिपेर तीखो वाण हान्नुभन्दा बरू अरू बिते–बिग्रेको काम गरौँ । यसैमा हामी सबैको भलो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑