वीरगंज । रूपन्देही, बाग्लुङ र काभ्रेमा तीनजना मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, मायादेवी गाउँपालिका–३ कलौनी बस्ने ४० वर्षीय राम प्रसाद खर्बिन्द आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका–२ मुडिलास्थित पुलमुनी हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
बाग्लुङ, जैमिनी नगरपालिका–१ भडार बस्ने ८३ वर्षीया खिपकला पाध्या घर नजिकै पाखोको खोचमा मृत अवस्थामा फेला परेकी छन् । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–७ थली बस्ने ५३ वर्षीय देवान सिंह तामाङ घर नजिकै मकै बारीमा बिहीबार मृत फेला परेका छन् ।