वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा लोकतान्त्री समाजवादी पार्टी (लोसपा) परित्याग गरेर दर्जनौले जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपाबाट वडा नम्बर १५ को वडाअध्यक्षमा उम्मेदवारी दिएका हृदयनारायण सर्राफ दलबलसहित जसपामा प्रवेश गरेका हुन् ।
सर्राफसँगै जसपा प्रवेश गरेका रामबाबु सा सोनार, बर्कत राय, निशा सिंह लगायतलाई वन तथा वातावरण मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जिल्ला समनवय समिति पर्साका संयोजक निरन्जन साह सोनार (अजय सर्राफ), वडाअध्यक्ष रमेश प्रसाद यादव लगायतले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष चञ्चल तिवारी, २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी, वडा नम्बर ३१ का वडाअध्यक्ष मनोज यादव लगायतको उपस्थिती रहेको थियो ।