वीरगंज।रामनिवास पटेल । वीरगंजमा बिना दर्ताका औषधि पसलहरु धमाधम सिलबन्धि हुदै छ । यसक्रममा औषधि व्यवस्था विभाग, शाखा कार्यालय, वीरगंजबाट मुकेन्द्र पन्जियारको नेतित्वमा खटेको टोलिले ७ वटा फार्मेसीलाई सिलबन्धि गरेको छ ।
वीरगंजमा बिना दर्ताका औषधि पसलहरु सिलबन्धि गरिनेक्रममा गरिमा एन्ड केसव ट्रेड ,राधेमाइ हेल्थ क्लिनिक , जिवन मेडिको हेल्थ प्रमर्श सेन्टर , प्रदिप मेडिकल हल , जितेन्द्र हेल्थ क्लिनिक , जन्सेवा शवास्थय क्लिनिक तथा दिवयान्स हेल्थ क्लिनिक सिलबन्धि गरेको छ ।
अहिले निरंतर चेकजाँचले औषधि पसलमा औषधि खरिद गर्दा बिक्री विल नदिने, मनोपर्दि औषधिहरुको अभिलेख राख्ने तथा म्याद गुज्रेका औषधि संचय गर्ने गरेको जस्ता समस्यामा उल्लेखनिय सुधार भएको देखिन्छ ।
पछिल्लो केहि महिनामै धेरै जसो बिना दर्ताका औषधि पसलहरु निरुत्साहित भई औसधि पसल नै बन्द गरेको वा दर्ता प्रकृयामा आएको तथा दर्ता भएको औषधि पसलमा भेटिने गरेका कमि कमजोरीहरुमा विभागले कारबाही गरी औषधि पसललाई निलम्बन समेत गरेको भेटिएको छ ।