वीरगंज । वीरगन्जको वीर्तामा निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ । वीरगन्ज सामुदायिक आँखा केन्द्र , प्रभु अस्पतालको प्राविधिक र रुंगटा वेलफेयर सोसाईटीको सहयोगमा तथा सामुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रिनसिटी सामुदायिक केन्द्रको अगुवाईमा निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ । घुम्ती शिविरमा प्रभु अस्पतालका फिजिसियन डाक्टर रबिरञ्जन साहको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले ८२ जनाको विभिन्न स्वास्थ्य चेकजाँच गरेको ग्रिनसिटी सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।
त्यस्तै शिविरमा दृष्टि विशेषज्ञ प्रभात चौरसियाको नेतृत्वमा रहेको टोलीले ८६ जनाको आँखा परीक्षण गरेको त्यसमध्ये १३ जनामा मोतिया विन्दुको समस्या फेला परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए । शिविरको प्रमुख अतिथि नेपाली सेना श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की र वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहाल, वडा प्रहरी कार्याल वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य राधा कार्की, प्रभु अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्की, सामाजिक अभियन्ताहरु सावरियाँ ग्रुपका प्रवन्ध निर्देशक श्याम शर्मा, ओम कुमार झा, विक्की सर्राफ लगायतको उपस्थिति रहेको थियो ।