वीरगंज । बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतबार बीरगन्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखदै उनीहरुले बीरगन्जमा प्रदर्शन गरेका हुन् ।
राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई फाँसी दिनुपर्ने उनीहरुको माग छ । गत साउन २५ गते बीरगन्जमा ट्युसन पढ्न आएका राजकुमारकाे हत्या भएकाे थियाे ।
शव पोष्टमार्टमका लागि बीरगन्जमास्थित नारायणी अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ईटीयाहीकै २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।