• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा शिलान्यासको १२ वर्षपछि पुल बन्दै

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १३:१६
  • ३२६९

    वीरगंज । नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो । निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले वाग्मती नदीको पूर्वक्षेत्रमा माटोको काम भइरहेको छ । ‘पुलको भार थेग्न सक्ने/नसक्ने भन्ने डिजाइनका लागि कन्सल्टेन्टलाई जिम्मा दिएका छौं । ढिला भए पनि अब काम रोकिँदैन,’ उनले भने । २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित पुल निर्माणका लागि महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको निर्देशनालयले जनायो । ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको हो । पुलको चौडाइ ६ मिटरबाट बढाई ७ बनाउने तयारीमा निर्देशनालयले कन्सल्टेन्टलाई भार थेग्न सक्ने/नसक्ने भन्ने यकिन गर्न जिम्मा दिएको छ ।

    मधेसका सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत पुल बनाउन थालिएको थियो । निर्माणकै क्रममा पुलभन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको निर्देशनालयले जनाएको छ । लामो समयसम्म निर्माण कम्पनी र निर्देशनालयबीच काम थाल्न छलफल भए पनि सहमति भएन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएको र लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेकाले एकतर्फी ठेक्का तोडेको जानकारी गराए । तत्कालको अवस्थाभन्दा निर्माण सामानको भाउ अकासिएकाले पुरानै दरमा काम गर्न नसक्ने उनको भनाइ थियो । ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेपछि अदालतले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन आदेश दिएको थियो । ठेकेदार कम्पनीले लुम्बिनीले त्यतिबेला ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । लुम्बिनीले ठेक्का सकारे पनि पप्पु कन्स्ट्रक्सनले निर्माण थालेको थियो । ठेक्का सकार गर्ने बेला पप्पुको कम्पनी कालोसूचीमा परेको थियो ।

    लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० काम सक्ने जनाएको थियो । सम्झौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो । लुम्बिनीले १७ वटै स्पानको काम सकेको थियो । रौतहटका बतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानका स्थानीय डुंगा चढेर पारी खेतमा काम गर्न जान्छन् । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेत पारि सर्लाहीतिर परेको छ । बर्खामा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको स्थानीय रामेश्वर साहले बताए । ‘समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले डुंगा चढेर आउजाउ गर्नुपर्छ । कान्तिपुरबाट साभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑