• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४३ केजी गाँजा बरामद

  • वीरगंज संजाल
  • २८ श्रावण २०७९, शनिबार १३:५८
  • ६८५७

    वीरगंज । वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा गत मंगलबार राति ११ बजे रोकी राखेको भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी १३ नम्बर गणले १४३ केजी गाँजा बरामद गर्‍यो । गणबाट गएको टोलीले ड्राइपोर्ट परवानीपुर सडक खण्डस्थित पवनपुर पेट्रोल पम्पदेखि करिब एक सय मिटर उत्तरतर्फ बहुअरी चोकमा रोकेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खनतलासी गर्दा उक्त ठूलो परिमाणको गाँजा बरामद भएको थियो । सशस्त्रका सूचना अधिकारी डीएसपी सन्तोष बस्नेतका अनुसार ट्रक चालकमाथिको हुडमा बाकस माथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाएको अवस्थामा फेला परेको थियो । यसैगरी साउन २० मा पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरको छपकैया टोलस्थित बाल निकेतन इङलिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडि झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाइछिपाइ राखेको अवस्थामा २ सय ४० केजी गाँजा बरामद गरेको थियो । असार ३२ मा राति साढे १२ बजेको समयमा वीरगन्ज महानगरपालिका–२५ सिर्सियाको बाटो हुँदै लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना पायो । जिल्ला प्रहरीबाट गएको टोलीले एनएल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा चालक बस्ने क्याबिनमा लुकाइछिपाइ राखेको अवस्थामा २ सय ५० केजी गाँजा फेला परेको थियो । गाँजासहित ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । असार २३ मा पर्सा प्रहरीले भारतीय नम्बरको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

    प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका–२१ परवानीपुर सडक खण्डमा यूपी २१ एन ९९५७ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा २ सय ७० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार असार २३ गते बिहान साढे ८ बजेको समयमा प्रहरीले उक्त नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने क्याबिनमा फ्लस बटम बनाई २ सय ७० केजी गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो ।ट्रकचालक भारत विहार पलडवा निवासी ५० वर्षीय धर्मेन्द्र यादव र विहार मोतीहारी सेमरीका २७ वर्षीय सहचालक विजेशकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ । ‘विशेष सूचनाका आधारमा दुई सय ७० केजी गाँजा बरामद भएको छ,’ ‘एसपी बस्नेतले भने, लागूऔषध गाँजाको कारोबारमा संलग्न रहेकाहरूको अनुसन्धान गरिरहेका छौं ।’ त्यसको दुई दिन अगाडि मंगलबार असार २१ मा प्रहरीले यूपी ७० बीके ९९५५ नम्बरको भारतीय नम्बरको कारबाट ९० केजी गाँजा बरामद गरेको थियो । वीरगन्ज–२८ बगहीको सडक खण्ड हुँदै गाँजाको कारोबार भइरहेको सूचना आएपछि प्रहरीले चेकजाँचका क्रममा भारतीय नम्बरको कारको डिकी र सिटमुनी लुकाइछिपाइ राखिएको अवस्थामा ९० केजी गाँजा बरामद भएको एसपी बस्नेतले जनाए । प्रहरीले कारमा सवारी दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मउ कमलसागर निवासी ३० वर्षीय रविकान्त भारती र विहार बेतिया डाकघर तेलुवा निवासी सुनील भारती रहेका छन् । लागूऔषधसम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    आर्थिक वर्ष ०७७/७८ मा जिल्ला प्रहरी पर्साले १ हजार ३ सय ५० केजी गाँजा बरामद गरेको थियो । यसैगरी सशस्त्र प्रहरी १३ नम्बर गण पर्साले गत आवमा ३ सय ६७ केजी गाँजा बरामद गरेको थियो । यसको ओसारपसारमा संलग्न रहेको आरोपमा ८ भरियालाई समेत नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ । जानकारका अनुसार झन्डै एक दशकयता पर्सामा व्यावसायिक रूपले गाँजा खेती भएको छैन् । जिल्लामा गाँजा उत्पादन नभए पनि छिमेकी जिल्लामा उत्पादित गाँजा भारत पुर्‍याउने नाकाका रूपमा पर्सा प्रयोग हुँदै आएको छ । विगतमा जिल्लाको ग्रामीण नाकाबाट भारततर्फ तस्करी हुने लागूऔषध गाँजा अहिले वीरगन्जकै नाका हुँदै भारततर्फ जाने गरेको छ । असार २३ मा भारत विहारको पटना र रक्सौल कस्टमको संयुक्त टोलीले वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको ना७ख ३००५ नम्बरको नेपाली नम्बरको ट्रकबाट ५२७ केजी गाँजा बरामद गरेको थियो ।

    सम्बद्धका स्रोतका अनुसार नेपालमा दुईदेखि चार हजार रुपैयाँ प्रतिकेजी पर्ने गाँजा भारतमा २० देखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘कम लगानी र कम समयमा अत्यधिक आम्दानी हुने भएकाले तस्करहरू गाँजाको कारोबारमा संलग्न हुँदै आएका छन्,’ एक प्रहरी अधिकारी भन्छन्, ‘कारोबारीहरू भारतर्फ नै बस्ने भएकाले भरियामात्र पक्राउ पर्ने गरेका छन् ।’ प्रहरीका अनुसार सवारी चालक र भरियासँग ‘आर्थिक डिल’ भइसकेकाले अधिकांशले कारोबारीबारे मुख खोल्दैनन् । मकवानपुर र धादिङमा उत्पादन भएका गाँजा वीरगन्ज नाका मात्र नभई जिल्लाको ग्रामीण नाकाबाट समेत भारततर्फ तस्करी हुने गरेको छ । स्थानीयका अनुसार मकवानपुरबाट पर्सा आरक्षको बाटो भरियामार्फत ओसारिने गाजा पर्साको सोनवर्षा, मधुवन मथवल र शंकरसरैयासम्म सुरक्षित रूपमा आइपुग्छ ।

    ‘एक पटकमा कम्तीमा २० जना भरियामार्फत ओसारिने गाँजाको सुरक्षाका लागि अघिपछि चार/चार जना हतियारधारीले स्कर्टिङ गर्छन्,’ एक कारोबारीले भने, ‘मकवानपुरबाट पर्सा हुँदै ३ चरणमा गाँजा भारत पुग्छ ।’ पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार गाँजाका कारोबारीहरूले अहिले ग्रामीणभन्दा पनि वीरगन्ज वरिपरिको नाका प्रयोग गरेको बताउँछन् । ‘अवैध कारोबारीले भारत गाँजा लैजान अनेक तरिका निकाल्छन्,’ एसपी बस्नेतले भने, ‘अवैध कारोबार नियन्त्रणमा विशेष जोड दिइएको छ ।’ ग्रामीणभन्दा पनि वीरगन्जकै नाका प्रयोग गरि ट्रकमा लुकाएर गाँजा लग्ने गरेका छन् । विशेष सुराकी र कहिले काही आकस्मिक चेकजाँचको क्रममा समेत लागूऔषध गाँजा बरामद हुने गरेको एसपी बस्नेतले जनाए ।

    पर्सा मात्र नभई बारा र रौतहटका नाकाबाट समेत गाँजा भारततर्फ तस्करी भइरहेको पाइएको छ । गत साउन ६ मा राति करिब १० बजे बाराको महागढीमाई नगरपालिका ५ तेलगाईबाट सशस्त्र प्रहरी बल बाराले १ सय ५० केजी गाँजा बरामद गरेको थियो । भारततर्फ गइरहेको बा५ख ८०७५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त गाँजा बरामद भएको थियो । गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका ६ सानुलेख निवासी २९ वर्षीय राजकुमार रुम्बा र भारतको मोतीहारी संग्रामपुरका श्याम महतोलाई नियन्त्रणमा लिएको थियो । साउन १ मा सशस्त्रले रौतहटको राजपुर नगरपालिका ६ कुडिया पानीट्यांकीस्थित आँपको बगैँचामा लुकाएर राखिएको भारतीय नम्बरको स्कार्पियोबाट एक सय ९२ केजी गाँजा बरामद गरेको थियो । डीएल ४ सीएनबी ६२२९ नम्बरको भारतीय स्कार्पियोमा गाँजा लोड गरि कारोबारीले आँपको बगैंचामा लुकाइछिपाइ राखेको सूचना आएपछि सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑