वीरगंज । अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको हो ।
यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो ।
त्यस्तै राजस्वसचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको एक मन्त्रीले बताए । दंगाल यसअघि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।कान्तिपुरबाट साभाल गरिएको