वीरगंज । तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो।
घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ। एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र ७ जना भने सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।