बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकामा दुई कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले आज एक कार्यक्रमका विच दुई कोठे भवनको शिलन्यास गर्नुभएको छ ।
गाउँपालिकाको वडा नं. ३ इटीयाहीमा अवस्थित स्काउट नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा उहाँले भवनको शिलन्यास गर्नु भएको हो ।
विद्यालयमा विद्यार्थीको अनुपातमा विद्यालयमा कोठाको अभाव अत्याधिक विद्यार्थीको संख्यामा चाप भएकोले थप दुई कोठे भवन निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष तिवारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष तिवारीको सक्रियता र पहलमा हरेक विद्यालय भौतिक पुर्वधारको समस्या समाधान गर्ने लक्ष्य अनुरुप उक्त विद्यालयमा गाउँपालिकाको बजेटबाट १८ लाख रुपियाँको लागतमा दुई कोठे पक्की भवन निर्माण हुन लागेको उक्त वडाका वडा अध्यक्ष जयप्रकाश चौरसियाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहित गाउँपालिकाका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।