• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्मला पन्तको बलात्कार प्रकरणमा मुछिएका दिलीप बिष्टले फेरि गरे यस्तो हर्कत

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार ११:५३
  • २२५३

    वीरगंज । निर्मला पन्तको बलात्कारी भनेर पक्राउ परेका दिलिपसिंह बिष्टले त्यहाका स्थानिय युवतीहरुलाई समात्न थालेको खबर छ । निर्मला पन्तको बलात्कारी भनेर प्रहरीले किटान गरेका बिष्ट अदालतको आदेशपछि छुटेका थिए । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए । चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिप विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ । निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो,’ एसपी चौधरीले भने, ‘यो कुरालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’

    युवती जिस्काएको भन्ने गुनासोका आधारमा आरोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भए/नभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् । चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जिस्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।दिलिपको पुरानो रेकर्ड एकदमै खराब छ भन्ने जानिबुझी उनलाई कारबाही चलाउन अग्रसरता लिइएको छैन । प्रहरीसँगको बयानका क्रममा विष्टले निर्मलाको आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरिएको थियो । मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए ।

    निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका विष्टलाई पक्राउ गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो । सो क्रममा आन्दोलनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर ८ भदौमा स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए । कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए । गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा अदालतबाट सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

    घटना भएको चार वर्ष बित्दा समेत दोषीको पहिचान हुन नसकेको निर्मला हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको कञ्चनपुर प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली समेत विगत चार वर्षदेखि कञ्चनपुरमै छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) श्याम चौधरी घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । यद्यपी अहिलेसम्म ठोस उपलब्धी हाँसिल गर्न सकिएको अवस्था भने छैन । प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम निरन्तर भइरहेको जनाएको छ । अहिलेसम्म शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरेको प्रहरीले पछिल्लो ६ महिनामा मात्र थप तीन जनाको डीएनए परीक्षणका लागि पठाएको छ, तर हालसम्म रिर्पोट प्राप्त भएको छैन । कतिपय व्यक्तिलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाड्ने गरेको कञ्चनपुर प्रहरी बताउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑