• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागूऔषधको बढ्यो ओसारपसार

  • वीरगंज संजाल
  • १८ श्रावण २०७९, बुधबार १२:३७
  • २२०१

    सर्लाही | गत बुधबार सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ परे । जिल्लाको उत्तरी क्षेत्रबाट दुई जना लागूऔषध क्याप्सुल र एम्पुलसहित पक्राउ परे भने एक जना सीमाबाट खैरो हेरोइनसहित पक्राउ परे । इलाका प्रहरी कार्यालय हरिवनले हरिवन नगरपालिका ९ बेतालीबाट लागूऔषधसहित चितवनको कालिका नगरपालिका ३ का ३५ वर्षीय दीपक खत्री र काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ का २६ वर्षीय विजय लामालाई पक्राउ गर्‍यो ।

    सर्लाहीको इप्रका नवलपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारले लुकाएर राखेको लागूऔषध बरामद गरी सार्वजनिक गरिँदै । तस्बिर : ओमप्रकाश/कान्तिपुर
    उनीहरूको साथबाट भारतबाट ल्याइएको डाइजापाम ४ सय ९५ एम्पुल, फेनरागन ५ सय एम्पुल, स्पास्मो प्रोक्सिभोन प्लस १ सय ४४ क्याप्सुल र लेवल तथा नाम नखुलेको ५ सय एम्पुल बरामद गरिएको हो । हरिपुरतर्फबाट ना२०प ९३७ नम्बरको मोटरसाइकलमा हरिवनतर्फ आउँदै गरेको खत्री र लामालाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरे । उनीहरू स्थानीय कारोबारीसँग लागूऔषध खरिद गरेको प्रहरीको आशंका छ ।

    यस्तै, जिल्लाको दक्षिणी विष्णु गाउँपालिकाबाट बुधबार नै लागूऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले वाग्मती नगरपालिका १० का २३ वर्षीय सुमन विकलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट स्रोत नखुलेको करिब १८ लाख रुपैयाँसमेत बरामद गरिएको छ । विकको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोइनसहित स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल बरामद गरिएको हो । विकको साथबाट ठूलो मात्रामा बरामद भएको रकमको स्रोत जुटाउन सकेको छैन ।

    विक बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गर्दा सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् । भारतबाट अबेर राति प्रदेश २–००६प ३४५१ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा जाँच गर्दा खैरो हेरोइनसहित स्रोत नखुलेको ठुलो रकम बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति प्रहरी उपरीक्षक भरत खनियाँले बताए ।

    भारततर्फ गएर लागूऔषध सेवन र खरिद गरेर ल्याउने क्रम बढेपछि सर्लाही प्रहरीले विशेष अपरेसन थालेको छ । त्यसका कारण पछिल्लो समय लागूऔषध कारोबारी ट्रान्जिट प्वाइन्टमै पक्राउ पर्न थालेका छन् । गत दुई वर्षमा लागूऔषधको कारोबारमा पक्राउ परेकाको अनुसन्धान गरेर दर्ता गरिएको मुद्दा बराबर यस वर्षको तीन महिनामै भेटिन थालेको छ । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत ट्रान्जिट प्वाइन्ट बनाएर कारोबार गरिरहेको पाइएको छ । उनीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरेर पहाडी क्षेत्रमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय पहाडी जिल्लाबाट आएकाहरू सिधै पारी लागूऔषध खरिद गर्न पुग्छन् । कतिपय कारोवारीले लागूऔषधमा संलग्न स्थानीयमार्फत कारोबार गरिरहेको प्रहरीले जनाएको छ । लागूऔषधको कारोवारमा नियमन गर्ने प्रहरीको समेत संलग्नता देखिएको छ ।

    गत बिहीबार ठूलो परिमाणमा लागूऔषधसहित इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुबोधकुमार सिंह पक्राउ परे । सिंहले उखुबारीभित्र लुकाएर राखेको कोडिवेल १ सय एमएलको ४ सय ४६ बोतल, विनकाइरेक्स १ सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानमा सिंहले बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएकोमा धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिए पनि नलगेपछि पसलका सञ्चालकले उखुबारीमा फालेर प्रहरीलाई जानकारी दिएको प्रहरी प्रवक्ता विजय यादवले बताए । उनका अनुसार वरिष्ठ हवल्दार सिंहको कोठाबाट कोडिवेल १ सय एमएलको ९० बोतल बरामद गरिएको छ । लागूऔषधसहित पक्राउ परेका प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।

    असार २७ मा पनि प्रहरीले लागूऔषधसहित लालबन्दी नगरपालिका १ नवलपुरबाट कौडेना गाउँपालिका २ का २८ वर्षीय रितेश यादवलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा लालबन्दी २ का ३४ वर्षीय रोशन भनिने विजय घिमिरे पनि पक्राउ परे । प्रहरीले मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकलमा चढेका यादवलाई चेकजाँच गर्दा नाइट्राभेट १ हजार ५ सय पिस बरामद भएको थियो । प्रहरीको सोधपुछका क्रममा यादवले दिएको बयानको आधारमा खानतलासी गर्दा घिमिरेको घरबाट डाइलेक्स डिसी ९० बोतल बरामद भएको थियो । घिमिरेले लुकाएर घरमा राखेको लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांकमा ०७६/०७७ मा लागूऔषधको कारोबारमा प्रहरीले अनुसन्धान सकेर ९४ जना कारोबारीमाथि मुद्दा दर्ता गराएको थियो । यस्तै ०७७/०७८ मा लागूऔषधको कारोबारमा ८९ कारोबारीमाथि प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गरायो । तर, गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्र प्रहरीले १ सय २६ लागूऔषधको मुद्दा दर्ता गराइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार असारमा पक्राउ गरिएकाको अनुसन्धान भइरहेकाले तथ्यांकमा जोड्न सकिएको छैन ।

    जिल्लाका प्रहरी नायव उपरीक्षक यादवले लागूऔषधको ट्रान्जिट बनेको सर्लाहीलाई ब्रेक थ्रु गर्ने अभियानमा लागेको बताए । उनले खुला सीमाको फाइदा उठाउँदै हौसिएका लागूऔषधको कारोबारीमाथि निगरानी बढाइएको जानकारी दिए । यादवले लागूऔषध समाजलाई नकारात्मक असर पारेको भन्दै यसमा प्रहरीको संलग्नता देखिए पनि नछाडिने जानकारी दिए । ‘लागूऔषधको सर्लाही ट्रान्जिट प्वाइन्ट बनेको छ, यसलाई ब्रेक थ्रो गर्ने प्रयासमा छौं,’ उनले भने, ‘लागूऔषधको कारोबारमा हौसिएका कारोबारीमाथि निगरानी छ, साथै फिल्डमा खटिने प्रहरीमाथि पनि नियमन तथा निगरानी भइरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑