• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका मौलापुरका एक बालकको उपचारका लागि सहयोगको अपिल

  • वीरगंज संजाल
  • १६ श्रावण २०७९, सोमबार १६:५०
  • ३५०१

    वीरगंज । राजीव सापकोटाको जीवनरक्षा गर्न उनका परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मौलापुरका वेदप्रसाद सापकोटाका छोरा राजीव बचाउन सक्दो सहयोगको अपिल गरीएको हो। गत वैशाख ३१ गते सहिद स्मारक हेटौंडामा स्विमीङ पुलमा नुहाउँदै गर्दा चिप्लिएर लडेका राजीवको शुष्मा कोइराला मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको मेरुदण्ड भाँचिएको छ भने नसा पनि च्यापिएको छ। हातका औंलाहरु समान्य रुपमा चले पनि बाँकी शरीर नचलेको अवस्थामा उपचाररत राजीवको २ महिना पहिले अप्रेशन भएको हो।

    जनता मावि रजघट्टाबाट एसइई दिएर परिणामको प्रतीक्षामा रहेका राजीव र उनका भाईको पढाई खर्च धानेर गाईपालन गर्दै दैनिक गुजारा चलाउँदै आएका वेद प्रसादलाई छोराको उपचार खर्च धान्न निकै सकस परेको छ। ‘जेनतेन ऋण काढेको तेह्र लाख पुरानो मेडिकल कलेज भरतपुरमै सकियो, धनको नाउँमा भएको २ कट्ठा जग्गा बेचेर उपचार गर्न खोज्दा अप्ठ्यारोको फाइदा उठाउन खोजे, चलनचल्तीको एक चौथाई मात्रै मोल गरे।‘वर्षौंदेखि चिकित्सकको सल्लाहमा डिप्रेशनको औषधी सेवन गरिरहेका वेद प्रसादले भने, ‘त्यसपछि वडाध्यक्ष सहितका समाजले नै सहयोग माग्ने अभियान सुरु गरेका छन्। सबैको सहयोग पाए मैले मेरो बुढेसकालको लाठी जोगाउन सक्छु कि भन्ने आशा छ।‘ राजीवको उपचारका लागि जोहो गर्न स्थानीय स्तरमा संघसंस्था तथा व्यक्तिले गरेको प्रयासले सहयोग रकम जुट्न सुरु भएको छ। सहयोग संकलनका लागि योंग नीति व्याण्ड, हिपहोप तराईको र्‍याप, सिमरा युवा समाज लगायतका समुहहरुले लाइभ म्युजीक कार्यक्रमहरु आयोजना गरे।वडा अध्यक्ष चयन गुरुङको पहलमा संचालन गरिएको राजीब बचाउ अभियानबाट करिब ६ लाख रुपैयाँ संकलन भएको छ। सहयोग रकम दिँदा राजीवकै लागि मात्र खर्च गरियोस् भनेर दाताले गरेको आग्रह मान्दै उपचाररत राजीवका ठूलाबुवा देवराज सापकोटा, वडाध्यक्ष गुरुङ्ग र स्थानीय नारायण प्रसाद जमकट्टेलको नाममा संयुक्त खाता खोलेर राख्ने तयारी गरिएको छ।

    उपचारमा रकम अभाव नहोस्, र उपचारबाट बचेको रकम राजीवको अवस्था अनुसारको व्यवस्थामा खर्च गर्ने योजना रहेको वडाध्यक्ष गुरुङले बताइन्। स्थानीय युवाहरुले “सबैको साथले उनलाई बचाउन सक्छौं” भन्दै समाजिक सञ्जाल मार्फत व्यापक रुपमा सहयोगको अपील गरेका छन्। उठेका रकम र राजीवको स्वास्थ्य अवस्था बारे निरन्तर फेसबुकमा पोस्ट गर्दै सहयोग जुटाउन अग्रसर युवा प्रताप रीजाल क्षेत्रीले देशभरका सहयोगी मनसँग राजीव बचाउन आग्रह गरेका छन्। उनी भन्छन्, ‘पढ्दै, बढ्दै गरेको एउटा नव युवक अस्पतालको शैयामा जिवनसँग संघर्ष गर्दै गरेको अवस्थालाई उल्ट्याउन सबैको साथ चाहिएको छ, धेरैथोरै आँटौं र दुःख साँटौं, मिलेर राजीव बचाऔं।‘

    सहयोग गर्न चाहनेले वडा अध्यक्षको मोबाइल नं. ९८११८५१५१५ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑