वीरगंज । आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा १६ स्कुल बस चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई कारबाही गरिएको हो । कारबाही गरिएकामध्ये पाँच स्कुल बस चालकले मादक पदार्थ सेवन गरी बस चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी कार्याले जनाएको छ ।
आगामी दिनमा पनि निर्देशिकाविपरीत सञ्चालन हुने स्कुलका सवारी साधनलाई कानुन बमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक कार्यालयले जनाएको छ ।