• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनावी गठबन्धनबारे माओवादीमा ३ धार

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार २२:२८
  • २५४५

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा आगामी चुनाव र तालमेलका विषयमा नेताहरुको तीन धार देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही सत्ता गठबन्धनलाई नै थप मजबुत बनाउने धारणा अघि सरिरहेका बेला माओवादीभित्र कांग्रेस र एमालेबाहेकको छुट्टै समाजवादी मोर्चा बनाएर जानुपर्ने र एमालेसहितको वाम गठबन्धन बनाउनुपर्ने विषयमा पनि बहस भइरहेको छ ।

    समाजवादी मोर्चा बनाएर चुनावमा जानुपर्ने धारको नेतृत्व नेता वर्षमान पुनले गरेका छन् भने एमालेसँग पनि मिलेर बृहत वाममोर्चा बनाउनुपर्ने पक्षमा नारायणकाजी श्रेष्ठ देखिएका छन् ।

    बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आगामी संघीय चुनावमा पनि कांग्रेससँगै सहकार्य हुने भन्दै अब दायाँ– बायाँ नसोच्न नेताहरुलाई आग्रह गरे । उनले वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँगको सहकार्यको सम्भावनाको पनि ‘च्याप्टर क्लोज’ गरिदिएका छन् ।

    ‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न,’ प्रचण्डको भनाइ उद्धत गर्दैै स्थायी समिति सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भने, ‘एमालेसँग सहकार्य सम्भव छैन ।’ गजुरेलका अनुसार प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए ।

    उनले हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने बताएका थिए । ‘गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझैं टुंगिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।

    दिउँसो खुमलटारमा आफूलाई भेट्न पुगेका प्रेस सेन्टरका केन्द्रीय सदस्यहरुसँगको छलफलमा पनि प्रचण्डले त्यही कुरा दोहो¥याएका थिए । ‘अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहन्छ, हामी विचार मिल्नेहरूका बीचमा पनि तालमेल हुन्छ’, उनको भनाइ थियो, ‘मैले पार्टीका नेतालाई पनि यही भनेको छु ।’

    माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटनको विषयमा माफी माग्न तयार नभएका कारण सहकार्य सम्भव नहुने देखेका प्रचण्ड जे जस्तो भए पनि यही गठबन्धनलाई अगाडि बढाउने मनस्थितिमा पुगेका हुन् । ‘एमालेसँग गठबन्धन नहुने अब निश्चित भयो’, ती सदस्यले भने, ‘यति ठूलो कटुता छ । त्यसमाथि ओलीले माफी पनि माग्दैनन् । त्यसै टाँसिने कुरा पनि त भएन ।’

    प्रचण्डलाई नेता हरिबोल गजुरेल, जनार्दन शर्मा लगायतको पनि साथ छ । ओली संसद विघटन लगायतका विषयमा माफी माग्न तयार नहुँदासम्म सहकार्यको सम्भावना नहुने मत प्रचण्डसहितका नेताहरुको छ ।

    दोस्रो विचार– नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायतका नेताहरुको प्रयत्न एमालेसहितको वाम गठबन्धन बनाउनेमा छ । सुरुमा वर्षमान पुनले पनि यो विचारमा साथ दिएका थिए । स्थानीय तहको चुनावको परिणाम आउनेवित्तिकै श्रेष्ठले सामाजिक सञ्जालमार्फत वाम एकताको आह्वान गरेका थिए । लगत्तै राष्ट्रियसभामा पनि उनले यसबारे लामो भाषण गरेका थिए ।

    श्रेष्ठले २९ जेठमा एमाले अध्यक्ष ओलीलाई भेटेरै वाम गठबन्धनका विषयमा छलफल गरे । बालकोटमा ओलीसँग झण्डै साढे २ घण्टा कुरा गरेका श्रेष्ठले राष्ट्रियतामा इतिहासमा नभएको संकट देखा परेको लगायतका विषयमा छलफल गरे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको बताएका थिए ।

    त्यसपछि पनि श्रेष्ठले एमालेसहितको वाम गठबन्धनको प्रयास छाडेका थिएनन् । यो बीचमा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पनि श्रेष्ठलाई भेटेका थिए । भेटमा वाम तालमेल बारे कुरा भएको नेताहरुले बताएका थिए ।

    एउटै सार्वजनिक मञ्चबाट पनि श्रेष्ठले ओलीसँग वाम एकताको प्रस्ताव राखेका थिए । ३२ असारमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा दोस्रोपल्ट श्रेष्ठले ओलीसँग वाम एकताको प्रस्ताव राखेका थिए ।

    ‘वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ’, मञ्चमा रहेका ओलीको नाम लिँदै श्रेष्ठले भनेका थिए, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’

    श्रेष्ठलाई पनि ओलीले जवाफ फर्काएका थिए । ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,’ ओलीको कटाक्षयुक्त जवाफ थियो, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’

    ओलीको उक्त जवाफप्रति श्रेष्ठले असन्तुष्टि जनाएका थिए । ‘केपी ओलीले को छ अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो,’ भोलिपल्ट फेसबुकमार्फत उनले भनेका थिए, ‘ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा बिघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक बिश्वशनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिब्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला, तर देश, जनता र बामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन ।’

    त्यसपछि स्वयं श्रेष्ठ पनि एमालेसँग तालमेल वा मोर्चाको सम्भावना नरहेको निष्कर्षमा पुगेका थिए ।

    एमालेसँग तालमेल वा एकताको प्रयत्नमा नेता शक्ति बस्नेत पनि लागेका थिए । एमाले विभिन्न नेताहरुसँग बस्नेतले संवाद समेत गरेका थिए । पछिल्लो समय ९ साउनमा एमाले नेता घनश्याम भुसाल र बस्नेतको भेटघाट भएको थियो ।

    कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति जस्तो ‘सफ्ट फोरम’ बनाएर एमाले–माओवादी नेताहरुलाई एउटै मञ्चमा ल्याउने प्रयास थाल्न बस्नेत र भुसाल सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जुटेका थिए ।

    त्यहीँ प्रचण्डसँग भूसालको जम्काभेट भएको थियो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । भूसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए । भूसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि उनीहरुबीच हाँसो ठट्टा भएको थियो ।

    तेस्रो विचार– सुरुमा एमालेसहितकै तालमेलका पक्षमा माओवादी नेता वर्षमान पुन लागेका थिए । त्यसै प्रयासमा उनले एमाले नेताहरुसँग संवाद पनि बढाएका थिए । २८ जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र पुनको भेट भएको थियो । खुमलटारमा भएको उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो ।

    यही मेसोमा उनले घनश्याम भूसालसँग पनि पटक–पटक संवाद गरेका थिए । एमालेका विभिन्न पदाधिकारीहरु समेत खुमलटार निवासमै गएर प्रचण्डसँग भेट गरेका थिए । एमालेका पदाधिकारीमध्ये ओली र ईश्वर पोखरेलबाहेक सबैले खुमलटारमा गएर प्रचण्डलाई भेटिसकेका थिए ।

    तर, एमाले नेताहरुसँगको बाक्लो संवादपछि पनि तालमेल गति लिन नसक्ने देखेपछि पुन एमाले बाहेकका वामपन्थीहरुसँगको मोर्चा निर्माणमा लागे । यही बीचमा नेकपाका तत्कालीन बहुमत सदस्यहरुबीच भेटघाट भयो । जसपाबाट अलग हुने तयारी गरिरहेका बाबुराम भटट्टराईसँग प्रचण्ड र पुनले संवाद बढाए । त्यस्तै नेकपा एकता अभियान घोषणा गरेका वामदेव गौतम पनि संवादमा आए ।

    अहिले गठबन्धन भित्रकै वाम दलहरुबीच समाजवादी केन्द्र बनाउन अभ्यास भइरहेको छ । सकेसम्म पार्टी एकताकै प्रयास गर्ने नभए समाजवादी केन्द्र मोर्चा बनाउने प्रयासमा नेताहरु लागेका छन् । तर, चरण–चरणमा बैठकहरु भइरहेको भए पनि यसले ठोस रुप भने लिइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑