रौतहट | प्रहरीले जोखिममा रहेका दुई बालिकाको उद्धार गरेको छ। मंगलबार जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको हो।
अन्दाजी वर्ष १३ की मनिषा कुमारी र ७ वर्षकी खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रलगायतको सहयोगमा ती बालिकाको उद्धार गरेको जनाएको छ।
उद्धारको क्रममा बाल हेल्प लाइन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौरलगायत जनप्रतिनिधि उपस्थित थिए।